निर्वाचन आयोगद्वारा निर्वाचन सम्बन्धी सम्पूर्ण तयारी पूरा, ७५३ वटै स्थानीय तहमा कार्यालय सञ्चालन

निर्वाचन आयोगद्वारा निर्वाचन सम्बन्धी सम्पूर्ण तयारी पूरा, ७५३ वटै स्थानीय तहमा कार्यालय सञ्चालन

Election-Commission

काठमाण्डौ।  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर ७५३ स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको छ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर आयोगले बिहीवार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको हो ।

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले सबै स्थानीय तहमा निर्वाचन कार्यालय खोलिएसँगै देश निर्वाचनमा होमिएको जानकारी दिए । उनले अब निर्वाचनको सम्बन्धमा किन्तु, परन्तु नहुने स्पष्ट पारे । सबै निर्वाचन कार्यालयहरुले आयोगले दिएको कार्यतालिका अनुसार काम शुरु गर्ने पनि उनले बताए ।

आवश्यक तयारी पुरा भएसँगै आयोगले आजदेखि चुनावलाई आवश्यक पर्ने सामग्री ढुवानी गरी पठाउन पनि थालेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds