काठमाडाैँ । नेपाली कांग्रेसले बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएकाे छ । उम्मेदवारी फिर्ता नलिए प्रस्तावक र समर्थकसहित उम्मेदवारलाई स्वत: पार्टीबाट निष्कासन गर्ने कांग्रेसकाे चेतावनी छ ।
शुक्रबार बिहान पार्टीका मुख्यसचिव कृष्णप्रसाद पाैडेलले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ ।’
निर्वाचन आयाेगकाे कार्यतालिकाअनुसार आज साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता गर्न सकिने छ । कांग्रेसले यही मिति र समयभित्र बागी उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएकाे हाे । ‘२०७९ बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे/गराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय ९आज वैशाख १६ गते शुक्रबार विहान १० (आज वैशाख १६ गते शुक्रबार विहान १० (दश) बजेदेखि ५ (पाँच) बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नु हुन निर्देशानुसार अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएकाे छ ।

यसअघि बिहीबार पनि सभापति शेरबहादुर देउवाले उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका थिए । तर, बागी उम्मेदवारहरूले उम्मेदवारी फिर्ता गरेका छैनन् । यसपटक गठबन्धनबाटै ५ दल चुनावमा हाेमिएकाले सबै पालिकाहरूमा दलगत उम्मेदवारहरू छैनन् । यस्ताे अवस्थामा पार्टीका कतिपय नेताहरूले विद्राेह गरेर बागी उम्मेदवारी दर्ता गराएका छन् । त्यस्ता उम्मेदवारहरूलाई कांग्रेससहित अन्य सत्ता साझेदार दलहरूले उम्मेदवारी फिर्ता लिन आग्रह गरिरहेका छन् ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु