नेकपा एस स्याङ्जाका सचिव एवं गण्डकी प्रदेश सदस्य टिकाराम नेपाली, सोही पार्टीका गण्डकी प्रदेश समिति सदस्य नेत्रबहादुर थापासहित नेकपा एस अनेरास्ववियुका केन्द्रीय उपमहासचिव मेघनाथ चापागाँई लगाएतका दर्जनौं युवा एमालेमा प्रवेश गरेका छन् ।
यसरी प्रवेश गर्नेमा नेकपा एस स्याङ्जाका सचिवालय सदस्य मनोज बराल, सोही पार्टीका स्याङ्जा जिल्ला कमिटी सदस्य मिलन सुवेदी र दिपक नेपाली, एस निकट युवा संघका केन्द्रीय सदस्य वरुण चौधरी, युवा संघ नेपाल चापाकोट नगर कमिटी अध्यक्ष कमल परियार, सचिव बुद्धिमान श्रेष्ठ, युवा संघ चापाकोट वडा न ९ का अध्यक्ष संगम कुमाल नेपाली कांग्रेस स्याङ्जाका क्रियाशील सदस्य दीपक नेपाली लगाएत छन् ।
उनीहरुलाई नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य सीता सुन्दास लगाएतले पोखरामा आयोजित एक कार्यक्रममा स्वागत गरेका थिए ।
आँधीखोला पोखरा सम्पर्क मञ्चद्वारा पोखरामा आयोजित कार्यक्रममा उपमहासचिव गुरुङले प्रतिक्रीयावादीको भ्रमको पर्दा बिस्तारै च्यापिंदै गएको बताउँदै निष्ठावान कार्यकर्ता देशैभरी एमालेमा फर्किने क्रम जारि भएको बताएका छन् । एमालेको नीति र विचारमा कुनै खोट नभएको कुरा आम कार्यकर्ताको घर फिर्ती हुने क्रमले पुष्टी भइरहेको उनको भनाई थियो । माधव नेपालले नेतृत्व गरेको पार्टीको कुनै विचार नभएको र विचारविहीन पार्टी क्रमशः दक्षिणपन्थी भासमा भासिंदै गएको दावी गरे । उनले विचार बिनाको भुत्ते पार्टीको कुनै अर्थै नहुने भएकाले सम्पूर्ण एमाले प्रेमीलाई घर फर्कन आग्रह गरेका छन् ।
सो अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य सदस्य सीता सुन्दास, एमाले गण्डकी प्रदेश कमिटी सदस्य सुधीर कुमार पौडेल ,सोभियत ढकाल लगाएतले दर्जनौं युवालाई एमालेमा स्वागत गरेका थिए ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’