नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरमा रेणु दाहाललाई जिताउनु कांग्रेसको कर्तव्य रहेको बताएका छन् । गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनकै कारण आफू प्रधानमन्त्री भएको भन्दै गठबन्धनलाई अप्ठ्यारो पर्ने काम कांग्रेसले गर्न नहुने बताए ।
देउवाले चितवनको भरपुरमा रेणुले ठूलो विकास गरेको जिकिर गरे । पछिल्लो पाँच वर्षको काम हेर्दा रेणु दाहाल देशकै एक नम्बर मेयर बन्न सफल भएको उनले बताए । पाँच वर्षमा भएको विकासले गर्दा भरतपुरको स्वरूप फेरिएको भन्दै देउवाले रेणु दाहाल एक्लैले पनि चुनाव जित्ने क्षमता राख्ने बताए ।
‘राम्रो काम गर्ने मान्छेलाई हरायो भने भरतपुरका जनताले के भन्लान्, जसले धेरै राम्रा काम गर्ने अठोट लिनुभएको छ, उहाँलाई हराएर देशलाई के सन्देश दिने ?’, देउवाले भने । अहिले रेणु दाहाललाई जिताएमा पछि माओवादीले कांग्रेसलाई थुप्रै ठाउँमा सहयोग गर्ने उनको भनाइ छ ।
रेणु दाहाललाई कुनै पनि शंका नहुनेगरी सहयोग गर्न कांग्रेस नेता कार्यकर्तालाई आग्रह गरेका छन् । ‘रेणु दाहाललाई कुनै शङ्का नगरी सहयोग गर्नुपर्छ । बेरुजु नभएको महानगरको मेयर हो उहाँ, धेरै कम मेयर होलान् जसको बेरुजु छैन, हरेक गल्लीमा पिच भएको छ, यहाँको भाउ बढिसक्यो, काठमाण्डौमा भन्दा यहाँको जग्गाको भाउ बढेको छ, यो रेनुले गरेको विकासले गर्दा भएको हो’, देउवाले भने ।
रेणुले भरतपुरमा गरेको विकास देखेर आफू निकै खुसी भएको उनको भनाइ छ । प्रधानमन्त्रीसमेत रहेका देउवाले रेणुले मेयरमा अहिले नै चुनाव जितिसकेको बताए । आफ्नै पार्टीले बखेडा झिकिरहेको भन्दै उनले भने, ‘उहाँले जितिसक्नु भएको छ । तर, के गर्ने मेरै पार्टीका साथीहरूले बखेडा झिक्नुभएको छ ।’
सम्बन्धित खबर
सुकुम्बासी बस्तीमा डोजर चल्दै, बस्ती खाली गर्न प्रहरीको माइकिङ
उद्योगी शेखर गोल्छा पक्राउ
सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा साइबर अपराध रोक्न कठिन भयोः आइजीपी कार्की
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प