काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारीका कारण अहिलेसम्म विश्वमा एक करोड ५० लाख जनाको मृत्यु भएको जनाएको छ ।
यो तथ्याङ्क कोरोना महामारी सुरु भएपछि दुई वर्षको अन्तरालमा विश्वमा प्रारम्भिक अनुमान भन्दा १३ प्रतिशत बढी हो । विभिन्न मुलुकबाट उपलब्ध तथ्यांक भन्दा बढी मानिसको मृत्यु भएकाले प्रारम्भिक आँकडा भन्दा बढी मानिसको मृत्यु कोरोनाकै कारण भएको डब्लुएचओको दावी छ ।
विश्वभर ५७ प्रतिशत पुरुष र ४३ प्रतिशत महिला कोरोना महामारीको सिकार भएको डब्लुएचओको तर्क छ । मध्यम आय भएका देशहरुमा यो मृत्युदर अत्याधिक रहेको डब्लुएचओको दावी छ ।
डब्लूएचओले भारतमा मात्रै कोरोनाका कारण ४७ लाख जनाको ज्यान गएको हुन सक्ने बताएको छ । यो आधिकारिक तथ्याङ्कभन्दा १० गुणा धेरै हो । विश्व स्वास्थ्य सङ्गठनको अनुमानलाई लिएर भारत सरकारले भने चिन्ता व्यक्त गरेको छ । भारतमा आधिकारिक तथ्याङ्कअनुसार कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच लाख २३ हजार नौ सय ७५ जना रहेको छ । अहिले भारतमा दैनिक झन्डै तीन हजार कोरोनाका नयाँ सङ्क्रमित थपिने गरेका छन् ।
डब्लुएचओका अनुसार भारतसँगै सबैभन्दा बढी मृत्यु हुने देशमा रुस, इन्डोनेसिया, अमेरिका, ब्राजिल, मेक्सिको र पेरु रहेका छन् ।
सम्बन्धित खबर
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
जापानको फुकुओकामा ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ