पोखरा । नेकपा माओवादी केन्द्र छोडेका कस्केली नेता रुद्र रानाभाटले नेकपा एमाले प्रवेश गर्न माओवादी नेता–कार्यकर्तालाई आह्वान गरेका छन् । शुक्रबार मादी गाउँपालिका ७ छाचोकमा आयोजित एमालेकाे चुनावी सभामा उनले अबको विकल्प एमाले भएको भन्दै एमाले प्रवेश गर्न आह्वान गरेका हुन् ।
माओवादी छोडेर एमाले आउनेलाई सम्मानित पूर्वक व्यवस्थापन गरिन भएकाले ढिला नगर्न उनले सुझाए । ‘माओवादी केन्द्र र त्यहाँका नेताहरुलाई लाञ्छना लगाउन चाहँदिनँ । साथीहरुलाई विनम्र साथ भन्छु नेकपा एमालेमा आउन ढिला नगर्नुहोला,’ उनले थपे, ‘३० गतेसम्म भनेको शुभ समय हो । तिहारमा टिका साइतमा लगायो भने त्यसको अर्थ हुन्छ । भोलिपल्ट लगाए त्यो कार्टुन बन्छ । त्यसैले ३० वैशाखभन्दा ढिलो नगर्नुहोला ।’
माओवादी केन्द्र मादी गाउँपालिका कमिटी उपाध्यक्ष रहेका रानाभाट गत २० वैशाखमा एमाले प्रवेश गरेका थिए । अहिले चुनाव जित्न र जनतालाई झुक्याउन पाँच दल एकजुट भएको तर चुनाव सकिएपछि गठबन्धनको नाम निशान नरहने उनले दाबी गरे ।
चुनावी सभामा बोल्दै मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र)ले मादीमा चुनाव जितेर स्वार्थ पूर्ति गर्न एक भएका दललाई सबक सिकाउने बताए । उनले झुटा आश्वासन दिने गठबन्धनका उम्मेद्वारको विश्वास नगर्न मादीका मतदातालाई आग्रह गरे ।
बेरोजगारी घटाउन युवा केन्द्रीत कार्यक्रमलाई प्राथमिकता दिने अध्यक्ष उम्मेद्वार महेन्द्रले बताए । ‘युवाहरुका भविष्य उज्ज्वल बनाउने कार्यक्रम ल्याउने छौँ । हाम्रोमा गरिबी कम छ । तर, भएकोलाई घटाउने गरी अगाडि बढ्छौँ,’ उनले भने ।
संघ र प्रदेशको बजेट ल्याएर भौगोलिक बनावटलाई मध्यनजर गरेर सडक बनाउने उनले बताए । अनुदान र तालिमका कार्यक्रममा पक्षपात नगरी सबैलाई जोड्ने अध्यक्ष उम्मेद्वार महेन्द्रको प्रतिबद्धता छ । ‘अध्यक्ष एउटा वडाको, उपाध्यक्ष एउटा वडाको भएर जित्यो भने हामीलाई हेर्दैन भन्ने नसोच्नुहोला । १२ वटै वडामा समान विकास गर्ने प्रतिबद्धता जनाउन चाहन्छु,’ उनले भन ।
उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङले चुनाव जितेपछि अघिल्लो अपुरा योजनालाई पूर्णता दिने र जनतामुखी नयाँ कार्यक्रम पनि ल्याउने बताइन् । ‘यहाँका महिला दिदीबहिनीलाई पेसा–व्यवसायमा जोड्ने छु । यहाँको पिछडिएको वर्ग, बालबालिका, वृद्धलाई पनि सम्बोधन गर्ने छु,’ उनले भनिन् । मादीबासीको जीवनस्तर उकास्न शिक्षा, र कृषिमा विशेष जोड दिने उपाध्यक्ष उम्मेद्वार गुरुङले प्रतिबद्धता जनाइन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?