पोखरा । नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङले गाउँका युवा, दलित, अपांगता भएकालाई सम्बोधन हुने योजना ल्याउने प्रतिबद्धता जनाएकी छन् ।
आइतबार मादी २ ताङतिङमा आयोजित सभामा बोल्दै उनले आफ्नो क्षमताले भ्याएसम्म मादीका महिलालाई सशक्तिकरण गर्ने प्रतिबद्धता जनाइन् । ‘यहाँको युवा र महिलालाई व्यवसायमा जोड्न चाहन्छौँ । दलित, पिछडिएका वर्ग, फरक क्षमता भएकालाई पनि विशेष सम्बोधन गर्ने छौँ । भारी मतले जिताउनुस्, सधा सुःख–दुःखमा खटिने छौँ,’ उनले भनिन् ।
ताङतिङ पर्यटकीय गाउँ भएकाले गाउँका सम्भावना उजागर गर्ने योजना आफूहरुले ल्याउने बताइन् । पछिल्लो एक कार्यकाल गाउँ कार्यपालिका सदस्यको अनुभव बोकेकी कल्पनाले अहिले बाँकी रहेका कामलाई पूर्णता दिने बताइन् । ‘शून्यबाट काम सुरु ग¥यौँ । त्यसैले धेरै काम देखाउन पाएनौँ । शून्यबाट सुरु भएकाले पूर्वाधारसहित जग हाल्नुप-यो,’ उनले भनिन्, ‘अघिल्लो कार्यकालले इमानदार भएर काम गर्नुभयो । उहाँहरुले पूर्णता दिन नपाएको काम हामी गर्छौं ।’
मादी २ मा एमालेले २०७४ सालमा जितेका एकाजंग गुरुङलाई फेरि वडाध्यक्ष उम्मेद्वार बनाएको छ । चुनावी सभामा बोल्दै उनले आफूले पछिल्लो पाँच वर्षमा गरेको काम जनताले देखेको र त्यसैको आधारमा फेरि चुनाव जिताउने विश्वास व्यक्त गरे । अब चुनाव जितेमा ताङतिङ गाउँसम्म कालोपत्रे सडक पु¥याउने वडाध्यक्ष उम्मेद्वार गुरुङले प्रतिबद्धता जनाए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)