नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरू धेरै शक्तिशाली छौँ भन्ने दम्भ नराख्न गठबन्धनका नेता, कार्यकर्ताहरूलाई चेतावनी दिएका छन् ।
सत्ता गठबन्धनले आइतबार पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कहिलेकाहीँ अरुभन्दा धेरै शक्तिशाली छौँ भन्ने दम्भ कम्युनिस्ट र कांग्रेसमा हुने गरेकाले त्यस्तो दम्भ नराख्न चेतावनी दिएका हुन् ।
शक्तिशाली छौँ भन्ने दम्भ राखे एमाले अध्यक्ष केपी शर्मा ओलीको जस्तै विनाश हुने बताए । ‘कहिलेकाहीँ कम्युनिस्टमा दम्भ हुन्छ हामी शक्तिशाली छौँ भन्ने अनि कांग्रेसमा पनि दम्भ हुन्छ हामी धेरै शक्तिशाली छौँ,’ उनले भने, ‘यस्तै दम्भ राख्नुभयो भने तपाईंहरूको पनि विनाश हुन्छ, केपी ओलीकोजस्तै ।’
नेपालले गठबन्धन गरेर चुनावमा जाँदा सबै बलियो हुने बताए । ‘हिजो संसदीय चुनावमा १५६ सिटमा लडेको कांग्रेसले २३ सिटमा जित हासिल गरेको थियो,’ उनले भने, ‘१०१ सिटमा चुनाव लडेको एमालेले ८० सिट जितेको थियो । गठबन्धन हुँदा कति फाइदा हुने रहेछ, त्यसबाटै थाहा हुन्छ ।’
नेपालले घुमाउराे भाषामा कुनै दम्भ नपाली काँग्रेस र माअाेवादी कार्यकर्ताहरूले समाजवादीका उम्मेदवार जिताउन मत दिनुपर्नेमा जाेड दिँदै चेतावनी स्वरूप यी भनाइ राखेका हुन् ।
नेपालले ओलीले आफूबाहेक अरु कसैलाई पनि दुई कौडीको महत्त्व नदिने बताए । ‘ओली व्यक्तिवादी व्यक्ति हुन् । उनले आफूबाहेक अरु कसैलाई पनि दुई कौडीको महत्त्व दिँदैनन्,’ नेपालले भने, ‘अपमान गर्दै हिँड्छन् । कुसंस्कार बोकेर हिँडेका छन् ।’
उनले ओलीजस्तो कुसंस्कार बोकेका व्यक्तिले अगुवाइ गरेको पार्टी गतिलो नहुने बताए । ‘व्यक्तिवादी र अरुलाई होच्याउने, अपमान गर्ने र कुसंस्कार बोकेका व्यक्ति (ओली) ले अगुवाइ गरेको पार्टी गतिलो हुने कुरै छैन,’ उनले भने, ‘त्यस्तो दक्षिणपन्थी प्रतिगामी शक्तिविरुद्ध हामीले गठबन्धन कायम गरेर अत्यन्तै सही निर्णय लिएका छौँ ।’
सम्बन्धित खबर
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
राष्ट्रपतिको प्रधानमन्त्रीलाई सुझाव– निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी ध्यान केन्द्रित गर्नू
अख्तियार पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च पुग्यो
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ