नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरू धेरै शक्तिशाली छौँ भन्ने दम्भ नराख्न गठबन्धनका नेता, कार्यकर्ताहरूलाई चेतावनी दिएका छन् ।
सत्ता गठबन्धनले आइतबार पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कहिलेकाहीँ अरुभन्दा धेरै शक्तिशाली छौँ भन्ने दम्भ कम्युनिस्ट र कांग्रेसमा हुने गरेकाले त्यस्तो दम्भ नराख्न चेतावनी दिएका हुन् ।
शक्तिशाली छौँ भन्ने दम्भ राखे एमाले अध्यक्ष केपी शर्मा ओलीको जस्तै विनाश हुने बताए । ‘कहिलेकाहीँ कम्युनिस्टमा दम्भ हुन्छ हामी शक्तिशाली छौँ भन्ने अनि कांग्रेसमा पनि दम्भ हुन्छ हामी धेरै शक्तिशाली छौँ,’ उनले भने, ‘यस्तै दम्भ राख्नुभयो भने तपाईंहरूको पनि विनाश हुन्छ, केपी ओलीकोजस्तै ।’
नेपालले गठबन्धन गरेर चुनावमा जाँदा सबै बलियो हुने बताए । ‘हिजो संसदीय चुनावमा १५६ सिटमा लडेको कांग्रेसले २३ सिटमा जित हासिल गरेको थियो,’ उनले भने, ‘१०१ सिटमा चुनाव लडेको एमालेले ८० सिट जितेको थियो । गठबन्धन हुँदा कति फाइदा हुने रहेछ, त्यसबाटै थाहा हुन्छ ।’
नेपालले घुमाउराे भाषामा कुनै दम्भ नपाली काँग्रेस र माअाेवादी कार्यकर्ताहरूले समाजवादीका उम्मेदवार जिताउन मत दिनुपर्नेमा जाेड दिँदै चेतावनी स्वरूप यी भनाइ राखेका हुन् ।
नेपालले ओलीले आफूबाहेक अरु कसैलाई पनि दुई कौडीको महत्त्व नदिने बताए । ‘ओली व्यक्तिवादी व्यक्ति हुन् । उनले आफूबाहेक अरु कसैलाई पनि दुई कौडीको महत्त्व दिँदैनन्,’ नेपालले भने, ‘अपमान गर्दै हिँड्छन् । कुसंस्कार बोकेर हिँडेका छन् ।’
उनले ओलीजस्तो कुसंस्कार बोकेका व्यक्तिले अगुवाइ गरेको पार्टी गतिलो नहुने बताए । ‘व्यक्तिवादी र अरुलाई होच्याउने, अपमान गर्ने र कुसंस्कार बोकेका व्यक्ति (ओली) ले अगुवाइ गरेको पार्टी गतिलो हुने कुरै छैन,’ उनले भने, ‘त्यस्तो दक्षिणपन्थी प्रतिगामी शक्तिविरुद्ध हामीले गठबन्धन कायम गरेर अत्यन्तै सही निर्णय लिएका छौँ ।’
सम्बन्धित खबर
प्रधानमन्त्रीले शुभकामना दिँदै फेसबुकमा लेखे : सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्
नयाँ वर्षको शुभकामना दिँदै रविले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ
सुरक्षित र समृद्ध नेपालका लागि पाको अनुभव र नवयुवाको ऊर्जाबीच सहकार्य आवश्यक: ओली
पार्टी सदस्यता कुनै नेताको आवेग, लहडमा भाषणमार्फत् खारेज गर्ने विषय होइन : खड्का
नयाँ वर्षमा पूर्वराजा ज्ञानेन्द्रको शुभकामना सन्देश, बालेन्द्र साह सरकारप्रति नरम
‘तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’ लेखेका गृहमन्त्री गुरुङले आलोचनापछि हटाए स्टोरी
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?
‘तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’ लेखेका गृहमन्त्री गुरुङले आलोचनापछि हटाए स्टोरी