भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा २६ तीर्थयात्रीको मृत्यु

भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा २६ तीर्थयात्रीको मृत्यु

accidient

काठामाडौँ । भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा २६ जना तीर्थयात्रीको मृत्यु भएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्।

आइतबार साँझ मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार यूके–०४–१५४१ नम्बरको बस दुर्घटनामा परेको हो।

चारधाम यात्रामा सहभागी भएका उनीहरू सवार बस ४०० फिट गहिरो खाडलमा खसेको थियो।

घाइते यात्रुका अनुसार बसको स्टेरिङ फेल भएपछि दुर्घटना भएको हो।

उत्तराखण्डमा भएको दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग गर्ने बताएका छन्।

यस्तै उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिंह धामीले पनि मृतकका परिवारलाई १ लाख र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग गर्ने बताएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ