गण्डकी सरकारले व्यक्तिका नाममा बजेट विनियोजन गरेको र पोखरा महानगरले आसेपासेलाई सरकारी जग्गा दिएको विरोधमा नागरिक समाज कास्कीले धर्ना दिएको छ। पोखराको शहिदचोकमा धर्ना दिँदै उनीहरुले यस्ता अनियमितता र भ्रष्टाचार रोक्न माग गरेका छन्।
धर्नामा सहभागीले ‘तिम्रा ट्रष्टमा राज्यको बजेट भ्रष्टाचार कि सदाचार?’, ‘राज्यको ढुकुटी दोहन बन्द गर’, ‘राज्यकोषको मनपरितन्त्र बन्द गर’, ‘सरकारी सम्पत्ति संरक्षण गर’, ‘बजेट बाँडफाँडमा भेदभाव अन्त्य गर’, ‘भ्रष्टाचारमुक्त समाज निर्माणमा योगदान पुर्याऔं’ लगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए।
धर्ना पश्चात बोल्दै नागरिक समाज कास्कीका संयोजक इन्द्रकमल मानन्धरले गण्डकीका जनता भन्न पनि हामीलाई लाज लाग्ने भइसकेकाे बताइन् । ‘राजनीति भनेको नागरिकको सेवा गर्न भन्दा पनि व्यापार गर्न आएको देखिएको छ,’ उनले भनिन्, ‘देशको सम्पत्ति आसेपासेलाई बेच्ने र ढुकुटीबाट करोडौं रुपैया व्यक्तिका नाममा छुट्याएको छ, यो एकदम दुखद कुरा हो ।’
पोखरा महानगरले आसपासेलाई सरकारी सम्पत्ति दिएको भन्दै पटक पटक ध्यानाकर्षण गराउँदासमेत सुनुवाई नभएको बताइन्। राजनीति गर्नेहरुले राष्ट्रको धन व्यक्तिलाई दिने र सरकारी सम्पत्ति आसेपासेलाई विक्री गर्न हुँदैन भन्ने कुरा जान्न जरुरी रहेको उनले बताइन्। उनले भनिन्, ‘गण्डकीका जनता भन्न पनि हामीलाई लाज लाग्ने भइसक्यो, देश सम्पत्ति दुरुपयोग गर्न हुँदैन भनेर उहाँहरुले जान्नुपर्दैन?’
धर्ना पश्चात बोल्दै बरिष्ठ अधिवक्ता तिलक पराजुलीले राणा शासन र राजा फाल्दासमेत आम नागरिकले सुविधा पाउन नसकेको बताए । ‘अहिले सबैतिर राजा छन्,’ उनले भने, ‘जनतालाई रैती सम्झेका छन्।’
धर्नामा पोखराका नागरिक अभियन्ताको उत्साहजनक सहभागिता रहेको नागरिक अभियन्ता विष्णुहरि अधिकारीले जानकारी दिए । नागरिक समाज पाेखराका संस्थापक संयाेजक रामबहादुर पाैडेलले हिंसात्मक गतिविधिले होइन, शान्तिपूर्ण आन्दोलन मार्फत शासकहरुलाई झुकाउन सकिन्छ भन्ने उदाहरण आज प्रस्तुत गरेको जनाए ।
यसैबीच, गण्डकी सरकारले व्यक्तिका नाममा कोष र पार्क बनाउन रकम विनियोजनको विरोधमा एमाले निकट अनेरास्ववियुले १ रुपैयाँ दान अभियान चलाएको छ । पोखराको रत्नचोकमा प्रदेश सरकारलाई बुझाउन भन्दै एक रुपैया दान अभियान चलाएको हो ।
उक्त रकम संकलन गरेर यही २९ गते सरकारका मुख्यमन्त्री तथा मन्त्रीलाई प्रदान गर्ने कार्यक्रम रहेको अनेरास्ववियुका नेता प्रकाश पाैडेलले जानकारी दिए। भाेलि गण्डकी प्रदेशसभा घेराउ गर्ने कार्यक्रम अनेरास्ववियुकाे छ ।
पोखरामा अनेरास्ववियुको विरोध सभा : मुख्यमन्त्री र मन्त्रीको लागि १ रुपैंया दान संकलन
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा