काठमाडौं । पश्चिम युरोपका देशहरु अत्यधिक गर्मीको मारमा परेका छन्। त्यहाँ गर्मीकै कारण २ सय ५० बढीले ज्यान गुमाइसकेका छन्।
युरोपेली सङ्घ (ईयू) को झन्डै आधा भू–भाग खडेरीको जोखिममा परेको युरोपेली आयोगका अनुसन्धानकर्ताले चेतावनी दिएका छन्।
युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमा युरोपेली सङ्घ (ईयू) को ४६ प्रतिशत भू–भागमा खडेरीको उच्च जोखिम रहेको उल्लेख छ। ईयूको ११ प्रतिशत भू–भागमा खडेरीका कारण विशेष सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ। त्यहाँ खेतीयोग्य जमिनमा पानीको अभावले लगाइएको बाली प्रभावित बनिसकेको छ।
खडेरीको सबैभन्दा बढी प्रभाव इटली र त्यसको पनि सबैभन्दा बढी प्रभावित उत्तरमा रहेको पो रिभर बेसिन रहेको उल्लेख छ। स्पेनमा अहिले १० वर्षको औसतभन्दा पानीको जलाशयको मात्रा कम भएको र जलाशयको मात्रा अन्य वर्षको यो समयको तुलनामा ३१ प्रतिशतले घटेको रिपोर्टले जनाएको छ।
त्यस्तै, पोर्चुगलमा जलविद्युत् ऊर्जा उत्पादन गर्ने पानी गएको ७ वर्षको औसतभन्दा आधा कम छ। पानीको अभाव र उच्च तापले गर्दा फ्रान्स, रोमानिया, स्पेन, पोर्चुगल र इटलीमा बालीको उत्पादन कम हुने विज्ञले चेतावनी दिएका छन्।
बेलायतमा तापक्रम अहिलेसम्मकै उच्च ४० डिग्री सेल्सियस मापन गरिएको छ ।
गर्मीकै कारण जनजीवन अस्तव्यस्त बनेपछि बेलायतमा राष्ट्रिय संकटकाल घोषणा गरिएको छ।
सम्बन्धित खबर
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
जापानको फुकुओकामा ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ