तनहुँको फेदिफाँट कोलढुङ्गा क्रिकेट मैदानको निरिक्षण : तनहुँको लागि नयाँ आशा

तनहुँको फेदिफाँट कोलढुङ्गा क्रिकेट मैदानको निरिक्षण : तनहुँको लागि नयाँ आशा

c1

किरण श्रेष्ठ,तनहुँ । तनहुँको व्यास नगरपालिका वडा ११ कोलढुङ्गा स्थित फेदिफाँट कोलढुङ्गा क्रिकेट मैदानको सोमबार निरिक्षण गरिएको छ । प्रदेश नम्बर ४ सामाजिक विकास मन्त्रालयका अधिकृत द्वय कृष्ण तिमिल्सिना र कृष्ण प्रसाद बराल र खेलकुद मन्त्रालयका अधिकृत रचना शर्मा सहितको टोलिले क्रिकेट मैदानको निरीक्षण गरेको हो ।

उक्त टोलिले सो मैदानको प्रगतीको सर्हाना गर्दै थप आवश्यक सहयोग गर्ने प्रतिवधता गरेका छन् । प्रदेश नम्बर ४ कै नमुना क्रिकेट रंगशाला बनाउने उद्देश्य लिएको फेदिफाँट कोलढुङ्गा क्रिकेट मैदान निर्माण समितीका अध्यक्ष बिरेन्द्र अधिकारीले उक्त टोलिलाई जानकारी गराएका थिए । उक्त मैदानको गुरुयोजनाको बारेमा समेत अध्यक्ष अधिकारीले टोलीलाई बताएका थिए ।
करिब २०० रोपनी जमिन उक्त मैदान लागि छुट्टयाइएको छ । दमौली बजार देखि ७-८ किलोमिटर टाढा रहेको उक्त मैदानलाइ सबैले चासोको रूपमा हेरिएको छ । उक्त स्थानमा व्यवस्थित क्रिकेट मैदान बन्नेमा तनहुँका क्रिकेट प्रेमी तथा तनहुँबासिमा नयाँ आशा देखिएको छ ।नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य ऋषिराम गौतमले मैदान निरीक्षणको क्रममा तनहुँ जिल्लामा क्रिकेटको विकासको लागि संघको निलम्बन फुकुवा पछि विशेष जोड दिने जानकारी गराएका थिए ।

उक्त मैदान निरीक्षण टोलिलाई कुनै पनि हालत उक्त मैदान र रंगशाला निर्माणका विशेष ध्यान दिनको लागि क्रिकेट संघ तनहुँका अध्यक्ष ताराराम श्रेष्ठले अपिल गरेका छन् । तनहुँ पनि क्रिकेटको उर्वर भुमी रहेकोले मैदान अभावकै कारण खेलाडी पलायन भएको हुँदा उक्त मैदान र रंगशाला निर्माणका लागि स्थानिय तह, प्रदेश र केन्द्रिय सरकारसंग पहल गर्न कुनै कसरत नछाड्ने तनहुँ जिल्ला क्रिकेट संघका सचिव विपिन श्रेष्ठले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ