मीनासँगको डिभोर्सपछि मनोज गजुरेलले मुख खोले- ‘दुबै गलत होइनौं तर फरक रहेछौं’ (हेर्नुहोस्)

मीनासँगको डिभोर्सपछि मनोज गजुरेलले मुख खोले- ‘दुबै गलत होइनौं तर फरक रहेछौं’ (हेर्नुहोस्)

Manoj Mina

गण्डक न्युज / जगत हँसाउने क्यारिकेचरका बादशाह मनोज गजुरेल आफैं हाँस्न सकिरहेका छैनन् । दुनियाँ खुशी बनाए, श्रीमती खुशी भईनन् । अन्ततः  २२ वर्ष लामो वैवाहिक समबन्ध टुंग्याउँदै मनोज गजुरेल दम्पत्तिले सम्बन्ध विच्छेद गरे । करिब एक महिनाअघि नै मीना ढकाल र मनोज गजुरेलले डिभोसै गरेपछि अलिक पछि मात्रै सार्वजनिक भयो ।

दुई सन्तानका बाबुआमा मनोज र मीनाबीच विवाह भएको २२ वर्षपछि आखिर किन सम्बन्ध विच्छेद नै गर्नुपर्ने अवस्था आयो त ? सवैले चासो व्यक्त गरिरहेका छन् । युट्युबमा अहिले मीनाले क्यानडा नेपाललाई दिएको अन्तर्वार्ता भाइरल बनिरहेको छ ।

अन्तर्वार्तामा गुह्य कुराहरु छन् र कारण पछि भन्छु भनेर रहस्यमयी बनाएकी छिन् । यसले नेगेटिभ कमेन्ट आईरहेको छ । उनले भनेका कुरा सत्य नै होलान् तर छोराछोरी र ढल्कँदो उमेरमा स्वयम् भलाईका लागि  मिल्नु उत्तम हुने सुझाव दिएका छन् । चार पाँच वर्ष अघि ‘जीवन साथी’ र ‘लभ एण्ड लाईफ’ कार्यक्रममा दिएका अन्तर्वाता अहिले पो हिट बनिरहेका छन् । त्यस्तो राम्रो जोडी अहिले किन छुटेको ? कमेन्ट बर्सिरहेका छन् । (समाचारको अन्तिममा लिन्क छ)

मीनाले त केहि भएपनि भनिन्, मनोज बोलेका थिएनन् । मनोजले भने आफ्नो फेसबुक अकाउण्टबाट सोमबार राति केहि लेखेका छन् । हेर्नुहोस्:

मनोज–मीनाको वैवाहिक सम्बन्ध

https://www.youtube.com/watch?v=-cKAnSj26bE

मनोज र मीनाबीच २०५२ सालमा पहिलोपटक भेट भएर एक वर्षसम्म प्रेम बसेको थियो । करिब एक वर्षको प्रेम सम्बन्ध पछि उनीहरुले २०५३ वैशाखमा विवाह गरेका थिए । जतिवेला मीना १८ र मनोज २२/२३ वर्षका थिए ।

एक भिडियो अन्तर्वार्तामा मीनाले विवाह अगाडि साथी जस्तै व्यवहार गर्ने मनोज विवाहपछि पतिको रुपमा आएको र त्यसबेला देखिनै सम्बन्ध राम्रो नभएको बताउँछिन् । ‘साथी जस्तो मान्छे उहाँ एकैपटक लोग्नेजस्तो भएर प्रस्तुत हुनुभयो,’ मीनाले भनिन्, ‘शुरु देखिनै बेमेल थियो, उहाँको र मेरो संस्कार संस्कृति पुरै फरक थियो ।’

छोरा-छोरीमा भागबण्डा !

मनोज र मीनाबीचको सम्बन्ध विच्छेदले उनीहरुको सन्तामा पनि असर परेको छ । दुई सन्तानमध्ये एक बाबुसँग र अर्को आमासँग बस्न बाध्य भएका छन् ।

पुस ११ गते अलग भएसँगै दुई सन्तानमध्ये २० वर्षका छोरा मनोजसँग बालोकटस्थित घरमा बस्दै आएका छन् भने १३ वर्षीय छोरी आमा मीनासँग बानेश्वरमा बस्दै आएकी छिन् ।

केमा भयो मतभेद ?

क्यानडा नेपालललाई मीनाले दिएको एक भिडियो अन्तर्वार्तामा आफ्ना कारणले नभई मनोज गजुरेलकै कारण लामो बैवाहिक सम्बन्ध सकिएको दाबी गरेकी छिन् । राम्रो व्यवहार नगरेको र आफूलाई सहयोग नगरेका कारण सँगै बस्न नसकेको मीनाको भनाइ छ ।

मनोज गजुरेललाई आफूले ‘मनोज गजुरेल’ बनाएको भएपनि आफ्नो भूमिकालाई मनोजले स्वीकार गर्न नसकेको दुखेसो मीनाको छ । ‘उहाँको करियर बनाउनका लागि मेरो हात कति छ भन्ने सवैलाई थाहा छ,’ मीनाले भनिन्, ‘तर उहाँले स्वीकार गर्नु भएन । अहिले फिल गरिरहेको छु केही हुँदा उहाँ (मनोज गजुरेल)मेरो नाम नै लिनुहुन्थेन ।’

पुरुषको सफतामा महिलाको हात हुन्छ भन्दा उहाँले सजिलै ‘अँ हात नभैकन भात पाक्दैन भन्नुभयो जसले अहिले पनि हर्ट भइरहेको छ,’ मीना भन्छिन् ।

परिवारलाई मनोजले समय नदिएको पनि मीनाको गुनासो छ । वर्षमा ९ महिना मनोज घर बाहिरै भएपनि आफूले उनको काममा कहिल्यै अवरोध नगरेको मीनाले बताइन् । घरमा भएपनि मनोजले खुलेर आफूसँग कहिल्यै कुरा नगरेको उनले बताइन् ।

साथीभाइहरुले घरमा त मनोजले निकै हँसाउँछ होला भन्दा आफूले टाउँको हल्लाउने गरेको भएपनि घरमा आफूहरुबीच गफ नै नहुने गरेको मीनाको दाबी छ ।

मनोजलाई दाह्री काट्न पनि सम्झाउनु पर्छ

मनोजलाई आफूले पत्नीको रुपमा मात्र नभई दर्शको रुपमा सल्लाह सुझाव दिँदै आएको मीनाले बताइन् । मनोजका हरेक कार्यक्रम पहिला हेरेर सल्लाह सुझाव दिने गर्थिन् मीना ।

‘मैले उहाँको लेखदेखि उहाँको स्टेज कार्यक्रमको स्किृप्ट, मेकअप ड्रेसअप सम्मेतमा सल्लाह सुझाव दिँदै आएको थिएँ,’ मीनाले सुनाइन् ।

मनोज गजुरेलले आफूले आफूलार्ई सम्हाल्न गाह्रो भएको मीनाले बताइन् । महिला भएका कारण आफू अर्को विवाह नगरी बस्न सक्ने भएपनि मनोजलाई भने सम्हाल्ने व्यक्तिको खाँचो भएको मीनाको भनाइ छ ।

‘उहाँलाई आफ्नो भित्रि बस्त्र धुन पनि आउँदैन, दाह्री काट्न पनि सम्झाउनु पर्छ त्यसैले उहाँले विवाह गर्नुपर्छ,’ मीनाले भनिन् ।

‘मजस्तै सम्हाल्न सक्ने श्रीमती आउँछन् कि आउँदैनन् ? फेरि मलाईजस्तै व्यवहार गर्नुभयो भने कसरी घर बस्ला ?’ चिन्ताको भावमा मीनाले भनिन् । मनोजलाई फेरि घरजम गरेर बस्न मीनाले सुझाव दिइन् ।

मनोजले आफूमाथि गरेको जस्तै व्यवहार गरेको खण्डमा भने उनलाई सम्हाल्ने मान्छे (अर्की श्रीमती) पनि नटिक्ने मीनाको दाबी छ ।

‘मलाई जस्तै व्यवहार गर्नुभयो, घरकी गृहलक्ष्मीलाई राम्रो व्यवहार गर्नु भएन भने फेरि पनि उहाँको घर बन्न सक्दैन,’ मीनाले अगाडि भनिन्, ‘२२ वर्षसम्म सँगै बसेकीे श्रीमतीलाई राम्रो व्यवहार गर्नु सक्नु भएन नयाँलाई पनि गर्नु भएन भने समस्यामा पर्नुहुन्छ ।’

अब के गर्छिन् मीना ?

मीनाले पाँच वर्ष अघि बुटिक सञ्चालन गरेकी थिइन् । तर मनोजले नै दुवै जना व्यस्त हुँदा घर बिग्रियो भनेपछि उनले उक्त व्यवसाय बन्द गरिन् । तर अब मनोजसँग छुट्टिएपछि उनले पुनः आफूले पहिला गरेको व्यवसाय नै सञ्चालन गर्ने सोच बनाएकी छिन् । ‘पहिला पनि परिवारका कारण बुटिक छोडे, श्रीमानले सहयोग नगर्दा छोडे,’ मीनाले भनिन्, ‘अब फेरि परिवारकै कारण पुनः शुरु गर्नुपर्ने भयो ।’

खास कारण अर्कै ?

२२ वर्ष लामो वैवाहिक समबन्ध डिभोर्ससम्म पुग्नु सवैका लागि नौलो विषय हो । तर उनीहरुको डिभोर्सको खास कारण भन्ने अर्कै रहेको मीनाले पनि स्वीकार गरेकी छिन् । क्यानडा नेपालसँगको अन्तर्वार्ताका क्रममा मीनाले अन्तिममा भनेकी छिन्, ‘डिभोर्स हुनुमा ठूलै कारण छ । पछि भनौला !’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ