केशब पाठक, पोखरा, ११ फागुन / लामो पर्खाइ पछि अब पोखरेली खेल प्रेमीहरुले पोखरा स्टेडियममा बसेर फुटबलको मज्जा लिन पाउने भएका छन । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको बुधवार सम्पन्न बैठकले केही महत्वपुर्ण निर्णय गरेपछि रंगशालाको मुहार केही भएपनि नयाँ रुपमा देख्न पाइने भएको हो । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीले रंगशाला भित्रको महत्वपुर्ण रहेको फुटबल स्टेडियमको डिटेल प्रजेक्ट रिर्पोट (डिपिआर) का लागि तयारी सुरु गरिने समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।
बैठकले डिपिआर फागुन १५ गते बाट सुरु गरिने निर्णय गरेको छ । ‘आसन्न १३ औं साग खेलकुदलाई मध्ये नजर गर्दै रंगशालाको डिपिआरका लागि समितीले पहल थालेको’ अध्यक्ष पौडेलले बताए । उनले भने –‘हामीले डिपिआरका लागि १५ लाख छुट्टाएका र्छौ र यो चाँडै नै सक्ने गरि कामको जिम्मा समेत दिनेछौं ।’ डिपिआर पछि पोखरा रंगशालाको नयाँ प्रारुप तयार हुने समेत उनको भनाई थियो ।
लामो समय देखि पानीको अभावमा काकाकुलको नियती भोग्दै आएको पोखरा रंगशालामा ड्रिलिङ्ग गरि पानी निकाल्ने तयारी गरिएको छ । यहि फागुन १५ गते बाट नै ड्रिलिङ्गका लागि समेत कार्य थालनी गरिने गरि समितीले निर्णय गरेको अध्यक्ष पौडेलले बताए । २०५९ सालमा तत्कालिन पर्खाल निर्माण समितीले पानीको लागि ड्रिलिङ्गको व्यवस्था गरेको भए पनि मर्मत सम्भार अभावका कारण बन्द हुन पुगेको थियो । तर अब त्यस्तो दोहोरिन नदिने र सो को लागि छुट्टै निर्माण समिती गठन गरि संचालनको जिम्मा समेत दिइने उनले बताए ।
हरेक महिनाको पहिलो शनिवार पोखरा रंगशाला सरसफाई अभियानको थालनी गरिने गरि बैठकले निर्णय समेत गरेको छ । रंगशाला सरसफाईका लागि जनपद प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना संग पनि सहयोग लिइने छ भने विभिन्न खेलकुदका संघहरुलाइ अनिवार्य गर्ने गरि निर्णय भएको छ भने सरसफाइका लागि विभिन्न स्वयसेवी संस्थाहरुलाई सहभागिता जनाउन आग्रह गरिने अध्यक्ष पौडेलले बताए ।
सम्पन्न बैठकले पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक बिजेताहरुलाई रोजगारको प्रत्याभुती गर्न पोखरामा रहेका विभिन्न औधोगिक घरानियाँहरु संग पहल थालिने निर्णय भएको जानकारी दिए । ‘उनीहरुको रोजगारको शुनिस्चितता गर्नु हाम्रो कक्र्तव्य हो र त्यो अनुसार हामी छिट्टै पहल थाल्छौ’ उनले भने । स्मरण रहोस सातौं राष्ट्रिय खेलकुदमा ८ जनाले पश्चिमाञ्चल बाट स्वर्ण पदक जितेका थिए ।
तस्विरः सुदर्शन रञ्जित
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा