बालिकाको बलात्कारपछि आँखा निकालेर हत्या प्रयास, कक्षा ८ पढ्ने सन्तोष पक्राउ

बालिकाको बलात्कारपछि आँखा निकालेर हत्या प्रयास, कक्षा ८ पढ्ने सन्तोष पक्राउ

भोजपुर, १३ कार्तिक / आईतबार मात्रै सिरहामा अनैतिक कार्यपछि देख्नेको हत्या र आरोपीको आत्महत्या घटना सार्वजनिक भयो । १४ वर्षे बालक र १६ वर्षीया किशोरीबीच भएको अनैतिक कार्य १३ वर्षीय बालकले देखेपछि उनको हत्या भयो र पक्राउ पछि घटनामा संलग्न किशोरी आफैले आत्महत्या गरिन् । हत्या भएको बालक किशोरीका ठूलोबुबाका छोरा र केटाका साथी समेत थिए ।

सोमबार फेरि अर्को घटना बाहिर आएको छ । यस घटनामा पनि बालबालिका नै संलग्न छन् । कक्षा ८ पढ्नेले बलात्कारपछि १४ वर्षीया बालिकाको हत्या प्रयास गरेका छन् । यसले बालबालिकामा चेतना अभाव र यौन शिक्षाको कमीले जघन्य अपराधमा बालबालिका संलग्न हुँदै गएको पुष्टि हुन्छ । राज्यले यसतर्फ सोच्न जरुरी भईसकेको छ ।

दक्षिणी आमचोक गाउँपालिकास्थित एक दलित बालिकामाथि बलात्कारपश्चात निर्मम कुटपिट गरी ज्यान मार्ने प्रयास भएको छ । १४ वर्षीया रमा विश्वकर्मा (नाम परिवर्तन)लाई कार्तिक ११ गते दिउँसो सोही ठाउँकै सन्तोष श्रेष्ठले बलात्कारपछि आँखा झिकेर हत्या गर्ने प्रयास गरेका थिए ।

पीडितको परिवारबाट कुनै पनि रिपोर्ट र प्रतिक्रिया नआएको र बलात्कारको आरोपी सोही गाउँपालिका -९, श्री सरस्वती माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत सन्तोष श्रेष्ठलाई नियन्त्रण लिइ जिल्ला प्रहरी कार्यालय ल्याईएको डिएसपी थारुले जानकारी दिएका छन् ।

घरपरिवारले खोज्दै जाने क्रममा गाउँ नजिकैको भीरबाट लडेर घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए । वलात्कृत बालिकालाई अर्धचेत अवस्थामा आफन्तजन र स्थानियबासीले भेटेपछि उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका थिए ।

पीडित बालिकाको परिवारको आर्थिक अवस्था कमजोर भएकाले खर्च खर्च अभावमा उपचार हुन नसकेको बालिकाका दाजु धनबहादुर विश्वकर्माले बताए । बालिकाको देब्रे आँखा कामै नलाग्ने गरी विग्रीएको छ । बहिनीको उपचारार्थ सहयोगका लागि दाजु धनबहादुरले सबैसँग सहयोगको अपिल गरिरहेका छन् ।

तस्विर: प्रदीपचन्द्र राई / अन्नपूर्ण पोष्ट

यो पनि पढ्नुहोस्

भैंसी चराउन जाँदा यौन सम्पर्क, १४ वर्षका साथी र १६ वर्षीया दिदीले गरे १३ वर्षीय बालकको हत्या

भैंसी चराउन जाँदा केटासँग आपत्तिजनक अवस्थामा भाइले भेटेपछि हत्या गरेका किशोरीद्वारा आत्महत्या

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ