अनैतिक कार्यपछि भाइ हत्या आरोपी किशोरीको हिरासतभित्र हत्या कि आत्महत्या ? पैताला र जिउमा कसरी निलडाम ?

अनैतिक कार्यपछि भाइ हत्या आरोपी किशोरीको हिरासतभित्र हत्या कि आत्महत्या ? पैताला र जिउमा कसरी निलडाम ?

Cover

 ‘प्रियङ्काको शवको पैतालामा रातो डामहरु पायौँ। शरीरमा पनि डामेका दागहरु छन्।’

सिरहामा प्रहरी हिरासतमा बालिकाले झुण्डिए आत्महत्या गरेको घटनाले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ ।

आयोगको टोलीले सोमबार घटनाबारे मृत शरिर, इलाका प्रहरी कार्यालय विष्णुपुर कार्यालयको हिरासत अनुगमन गरेको छ । प्रहरी नायब निरीक्षक शिब नारायण यादवले आफ्नै कार्यालय भित्र भएको घटनाबारे समेत बताउन चाहेनन् ।

बालिकालाई यातना

पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखिएको बालिकाको मृत शरिरको पैताला र पिठ्युमा लठ्ठीको डाम जस्तो देखिएको छ । बालिकालाई अनुसन्धानको क्रममा पिठ्युमा विद्युतीय यातना दिइएको जस्तो देखिन्छ । १६ वर्षीया बालिका प्रियङ्का यादवलाई गत कार्तिक ११ देखि इलाका प्रहरी कार्यालय विष्णुपुरमै राखेर अनुसन्धान गरिएको थियो ।

जिल्ला अदालत सिरहाले प्रहरीलाई अनुसन्धानको लागि कार्तिक १२ गते ५ दिनको लागि म्याद थप गरेको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय विष्णपुरमा करिब ४ः३० बजे महिला हिरासत भित्रै शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

बालक अझै प्रहरी हिरासतमै

हत्याको आरोपमा पक्राउ परेका बालक संजय साह इलाका प्रहरी कार्यालय मिर्चैयाको हिरासतमै रहेको पाइएको छ । १४ वर्षीय बालक साहलाई प्रहरी नायब उपरीक्षक गजु सिद्धि बज्रचार्यले बयस्क थुनुवासंगै बालकलाई राखेर अनुसन्धान गरिरहेको पाइएको छ । तर, आयोगको मानव अधिकृतसँग कुराकानी गर्न बालकलाई हिरासतबाट बाहिर निकालिएको थियो ।

‘नाबालकलाई फरक विधि अपनाउनु पर्थ्यो’

मुलुकको कानुनले १० वर्षमुनिकाले कुनै अपराध गरे माफी दिने व्यवस्था गरेको छ। १० देखि १६ वर्षसम्मकालाई आधा सजाय मिनाहा गरिन्छ। नाबालकलाई नियन्त्रणमा लिइँदा, सजायँ भुक्तान गर्दा छुटै व्यवस्था गरिएको छ। तर आइतबार प्रहरीले अदालती प्रक्रिया जारी रहँदै दुवै जनालाई अन्य अपराधी झैँ अपराध ठहर भइसकेको जसरी सार्वजनिक गर्‍यो।

महिला हिरासतमा खैनी र चुरोट

बालिकाले आत्महत्या गरेको भनिएको इलाका प्रहरी कार्यालय विष्णुपरको महिला हिरासत कोठामा लुकाएर राखिएको अवस्था खैनीको प्याकेट र चुरोट फेला परेको छ । महिला राख्ने हिरासतमा पर्खालमा टासिएको भगवानको पोस्टर भित्र खैनीको प्याकेट र चुरोट पाइएको हो ।

NayaPatrika

सम्बन्धित समाचार:

भैंसी चराउन जाँदा यौन सम्पर्क, १४ वर्षका साथी र १६ वर्षीया दिदीले गरे १३ वर्षीय बालकको हत्या

Update: भैंसी चराउन जाँदा केटासँग आपत्तिजनक अवस्थामा भाइले भेटेपछि हत्या गरेका किशोरीद्वारा आत्महत्या

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ