कास्कीको नापी कार्यालयका काम किन ढिलो ? सेवाग्राहीकाे चर्कोगुनासो

कास्कीको नापी कार्यालयका काम किन ढिलो ? सेवाग्राहीकाे चर्कोगुनासो

Naapi Kaski Napi

पोखरा / नापी कार्यालय कास्कीको काम ढिलो भएकोमा सेवाग्राहीले गुनासो गरेका छन् । कार्यालयका काम ढिलो भएको एउटै कामको लागि पटकपटक घाउनपरेको सेवाग्राहीको गुनासो छ । समाधान दैनिकका लागि सुरेशराज अधिकारीको न्युज छ ।

कार्यालयमा एक दिनमा हुने कामलाई ३ दिन लागेको भन्दै मनोज खनालले भने, ‘एउटा कामका लागि ३ दिनसम्म आउनुपर्छ ।’ बैंकमा जागिर खाएको कारण सधै नापी कार्यालयमा आउनु काम पर्ने तर काम ढिलो सुस्तो भएका कारण आफू आत्तिएको उनले सुनाए । उनले भने,‘हामीले एकै दिनमा धेरै काम गर्नुपर्ने हुन्छ, कार्यालयले काम नै समयमै गर्दिदैनन् ।’

पोखरा महानगरपालिका वडा नं १८ का वसन्त सुवेदीले टोलमा रहको बाटोमा छिमेकीले पर्खाल लगाएको कारण बाटो बन्द गराएको सुनाए । उनले भने,‘एउटा कित्ता थियो २ वटा बनाएर कार्यालयबाट जग्गा कित्ताकाट भएको बाटो नै बन्द गरेर अहिले पर्खाल बनेको छ ।

’पहिला नापी कार्यालयबाट कित्ता काट्ने काम भएता पनि अहिले भने स्थानीय तह र जिल्ला प्रशासनमा गएर उक्त समस्याको हल गर्न कार्यालयले अनुरोध गरेको सुनाए । उनले त्यस ठाउँमा कित्ता काटमा आफूमा केही शंका भएको बताए ।

सेवाग्राही पुष्पाकुमारी शर्माले नक्सा निकाल्ने फाँट व्यवस्थित नभएको धारणा राखिन् । उनले भनिन्,‘नक्सा निकाल्ने फाँटमा ढिलासुस्ती काम हुन्छ ।’ यसको विषयमा बोल्ने कोही नभएको उनले सुनाइन् ।

ट्रान्सपरेन्सी इन्टेरसनल नेपाल र सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीले बिहीबार नापी कार्यालयको प्रांगणमा सेवाग्राहीका गुनासो संकलन गरेको थियो । २१ सेवाग्राहीले लिखित गुनासो गरेको सुनासका कार्यक्रम अधिकृत भानु पराजुलीले बताए ।

प्रमुख नापी अधिकृत सञ्जय छत्कुलीले भने काम प्रक्रिया अनुसार भएको बताए । उनले आफू भएको ठाउँमा गुनासो गर्न नआएको बताए । उनले भने,‘म भएको ठाउँमा गुनासो गर्न आएकालाई मै काम गरेर पठाएको छु ।’

काम के कारणले ढिलो भएको भन्ने विषयमा कार्यालय प्रमुखसँग सम्पर्क राख्नुपर्ने उनले बताए । सबै सेवाग्राही कार्यालय प्रमुख भएको ठाउँमा सक्छन् त ? आफू भएको ठाउँमा नआउने सँग आफ्नोतर्फबाट केही गर्न नसक्ने उनको भनाइ छ ।

आपु भएको ठाउँमा नआए सम्म ढिलो छिटोको समस्या आफूलाई जानकारी नहुने बताए । कार्यालयको कर्मचारीको तर्फबाट काम भइरहेको उनले सुनाए । लाइनमा पोलो आए अनुसार काम गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ