कास्की मालपोतमा यस्तो रमिता ? सेवाग्राही नै कर्मचारी ?

कास्की मालपोतमा यस्तो रमिता ? सेवाग्राही नै कर्मचारी ?

malpot

पाेखरा, २९ मंसिर / जिल्ला मालपोत कार्यालय कास्कीको भवन भन्दा भवन बसेर १ व्यक्ति निलो फाईल यसरी चलाएर बसेका छन् ।

उनी मालापोत कार्यालयका कर्मचारी होईनन् त्यो फाईल न कानूनी रुपमा उनले चलाउन पाउँछन् नत त्यो फाईल मालपोत कार्यालय भन्दा बाहिर नै लैजान पाईन्छ । उनी मालपोतका कार्यालयका कर्मचारी नभएपनि तर उनले कार्यालयको महत्वपुर्ण फाईल पनि आफु खुसी चलाएका छन् । उनी मात्र होइन अरु सेवाग्राहीले पनि आफुखुसी फाईल चलाउने गरेको देखिन्छ । समाधान दैनिकमा सुरेशराज अधिकारीको न्युज छ ।

केही समय अगाडि सम्म यसरी कार्यालयको फाईलहरु यसरी कार्यालयको फाईलहरु सेवाग्राहीले आफुखुसी चलाउन रोकीएको थियो । तर आजभोली जिल्ला मालपोत कार्यालय कास्कीका विभिन्न फाईलहरु सेवाग्राही आफुखुसी चालाएका हुन्छन् । उनीहरुले कर्मचारीकै अगाडी यसरी फाईल लैजादा कार्यालयका कर्मचारीहरु वास्ता गदैनन् ।

कतिपय फाईलहरु घाम ताप्दै पल्याउदै गरेको पाईन्छ । कार्यालयका फाईहरु जस्ले मन लाग्यो तेसैले चलाउदै गर्दा अन्य सेवाग्राहीलाई समस्या पर्ने कर्मचारीहरु वास्ता गदैनन् ।

कार्यालयको फाईल सेवाग्रहीले चलाउदा गोप्नीयता हुने, अन्य धेरै सेवाग्राहीलाई अप्ठायरो पर्ने, फाईलहरु हराए, च्यातीयमा समस्या पर्ने भानु पाजुली बताउछन् । यसरी जस्ले मन लाग्यो त्यसैले फाईल चलाउदा कार्यालयको कर्मचारीहरुको काम नै नहुने उनले बताए ।

कास्की जिल्ला मालपोत कार्यालय प्रमुख अधिकृत चिरन्जीवी सापकोटाले फाईल सेवाग्राहीले चलाएको आफुलाई जानकारी नभएको बताए । उनले भने,‘कहि कतै त्यस्तो भएमा सुधार गरिने छ ।’ उनले एउटा फाटबाट अर्के फाटमा लैजानका लागि पनि सेवाग्राहीले फाईल चलाएको भन्दै तर्किए ।

सकभर बाहिरीलाई वा सेवाग्राहीलाई कार्यालयका फाईलहरु चलाउन नदिने व्यबस्था गराएको उनले बताए । कहिलेकाँही पुराना रेकर्ड खोज्दा छिटो नभेटिने कारण सेवाग्राहीले फाईलहरु चलाएको गुनासो गरे ।

कार्यालयमा प्रयोग गरिने सर्वरमा केन्दीय कार्यालयबाट समस्या आएको कारण केही कामहरु गर्न अप्यारो आएको सापकोटाले बताए । सबै कामहरु अनलाईन प्रविधीमा गएको हुनाले केही समस्या आएको उनको भनाई छ । उनले यस बिषयमा सबै कर्मचारीलाई भनेको सुनाए ।

उनले धेरै सेवाग्राही आउने कारण पनि कहिलेकाँही भिडमा यस्तो समस्या हुने बताए । यस्ता घटनाहरु कम गर्न प्रत्येक कोठामा सिसि जोडेको सापकोटाले जानकारी दिए । उनले अनलाई सिस्टममा गएतापनि फाईलबाट पनि सेवा दिनुपर्ने कारण काम धेरै भएको कारण कर्मचारीका पनि केही काम थपिएर बोझ भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ