वीरगञ्जमा त्यस्तो घटना भो, पोखराका ग्याँस उद्योग कस्तो छ त ?

वीरगञ्जमा त्यस्तो घटना भो, पोखराका ग्याँस उद्योग कस्तो छ त ?

griha-laxmi-gas-udhog

पोखरा, ७ पौष / वीरगञ्जको ग्यास उद्योगमा भएको आगलागीपछि कास्की प्रशासनले यहाँ अनुगमन गरेको छ । कास्कीमा रहेका शक्ति ग्यास र गृहलक्ष्मी ग्यास कम्पनीमा सिडिओ कार्यालयको अग्रसरतामा विहीबार अनुगमन गरिएको हो ।

वीरगञ्जको घटनाले झस्काएकाले यहाँ अनुगमन गरिएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले बताए । पोखराबाट प्रकाशित समाधान दैनिकका लागि गोविन्द सुवेदीको न्युज छ । पोखराका सबै ग्यास उद्योग सुरक्षित रहेकाे दाबी

अनुगमनमा ग्यास रिफिलिङ गर्ने, सुरक्षित राख्न गरिएको विभिन्न उपायर विपद परिहाले के गर्ने भन्ने विषयमा चासो राखिएको थियो । अनुगमनका बेला दुबै उद्योगमा कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा सामान्य प्रयोग गरेर समेत त्यहाँका कर्मचारीले देखाएका थिए ।कास्कीका सहायक सिडिओ गंगाबहादुर क्षेत्रीको नेतृत्वमा अनुगमन भएको हो । अनुगमनका उद्योगमा पहिले भन्दा अहिले धेरै नै सुधार गरेको पाइएको सहायक प्रजिअ क्षेत्रीले जानकारी दिए । ‘ठ्याक्कै कति सुरक्षित भन्ने विषय प्राविधिक पक्ष रहेपनि सबै हेर्दा सुरक्षित नै पाइयो,’अनुगमन पछि सहायक सिडिओ क्षत्रीले भने ।

शक्ति ग्यास उद्योगका वरिष्ठ प्रबन्धक मेघराज पौडेलले अवश्यक सुरक्षाका उपकरण जडान गरेर पुरै मापदण्ड पूरा गरेको दाबी गरे । उनका अनुसार शक्ति ग्यासमा अत्याधुनिक अमेरिकीकम्प्रेसर ब्ल्याकमेयर फायर प्रुफ मेसिन प्रयोग गरिएको छ । उक्त मेसिनले प्रक्रियामा रहेको ग्यास कतै लिकेज भएमा तत्काल आफै कन्ट्रोल गर्ने हुँदा सुरक्षित रहेको जानकारी दिए । सुरक्षाकै लागि उक्त कम्पनीले विभिन्न केन्द्रमा १७ वटा फायर फाइटर सिलिन्डर तयारी अवस्थामा राखिएको छ ।

३ इन्चको फायर पाइटिङ पाइप मार्फत तत्काल आगलागी नियन्त्रण गर्न मिल्ने प्रविधि जोडिएको छ । त्यसैगरी ३ लाख लिटर क्षेमताको अन्डरग्राउन्डट्यांकीमा पानी राखेर त्यस मार्फत ट्यांकर र भण्डार ट्यांकमा तत्काल पानी खसाल्ने प्रविधि जडान गरिएको छ । ग्यास भर्ने डेनमार्कबाट ल्याइएको अटोमेटिक मेसिन प्रयोग भएका छन् । उक्त मेसिन मार्फत भर्ने क्रममा समेत लिकेज र जोखिम नहुने उनले जानकारी दिए । उक्त मेसिन अहिले शक्ति ग्यास अलावा कोशी ग्यास र बाबा ग्यासले समेत प्रयोगमा ल्याएका छन् ।

गृहलक्ष्मी ग्यास कम्पनी पालिले पनि सुरक्षाका लागि सबै उपाय अपनाएको दाबी गरेको छ । उक्त कम्पनीका सञ्चालक समाज अम्गाईंले आफ्नो कम्पनी पूर्णरुपले सुरक्षित रहेको जानकारी दिए । ‘हामीले सुरक्षाका सबै उपाय अपनाएका छौं,’ उनले भने, ‘वीरगञ्जको घटनाले हामीलाई पनि सोच्न बाध्य बनायो र हाम्रोमा कस्तो छ कतै कमजोरी भएको छ कि भनेर आफै एकपटक चेक समेत गरिसकेका छौं ।’

गृहलक्ष्मीले पनि पानीको प्रबन्ध, फायर फाइटिङ सिलिन्डर सबैको प्रबन्ध आवश्यक अनुसार तयारी अवस्थामै राखेको पाइएको छ । अन्डरग्राउन्ड ट्यांकीमा प्रयाप्त पानी, त्यसलाई ट्यांकर र ट्यांकमा पु¥याउने विधि सबै ठिकठाक राखिएको सञ्चालक अम्गाईंले जानकारी दिए ।

उनका अनुसार उद्योगमा लिकेज सिलिन्डर र तौल तलमाथि भएका सिलिन्डर आफै मेसिनले छुट्टयाउने र पुन जाँच गरिहाल्ने प्रविधि जाडान छ । उक्त कम्पनीले फायर फाइटर सिलिन्डर ९ केजीका २५ स्थानमा तयारी अवस्थामै राखेको छ । त्यसैगरी ५० केजी क्षमताका छुट्टै ३ वटा सिलिन्डर पनि तत्काल प्रयोग गर्न मिल्ने अवस्थामा राखेको छ । ९ सय लिटर क्षमताको अन्डरग्राउन्ड ट्यांकीमा पानी भरेर तयारी अवस्था मै छ ।

अनुगमनमा पुगेका नापतौल तथा गुणस्तर कार्यालय कास्कीका प्रमुख मनोजकुमार पोखरेलले बस्ती नजिक भएकाले कुनै घटना भए समस्या आउने तर्फ सचेत बन्नुपर्ने बताए । दुवै कम्पनी सुरुमा विसं २०५२ सालमा स्थापना हुँदा बस्ती थिएन । अहिले उद्योगको वरपर बस्ती बाक्लिएको छ ।

दुबै उद्योगका सञ्चालकले तोकिएको मापदण्ड विपरीतका सिलिन्डर प्रयोगमा नल्याएको दाबी गरे । सबैकुरा परीक्षण गरेमात्र बाहिर पठाइने गरेको शक्ति र गृहलक्ष्मी दुबै कम्पनीको दाबी छ । कोइरालाले अनुगमनमा राम्रो पाइएको बताए । अनुगमनमा गुणस्तर तथा नापतौलका रघुनाथ पौडेल र पत्रकारको समेत सहभागिता थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ