गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा : जलकुम्भी लगायत झार निकालेर फेवाताल सफा गर्न पोखरा महानगरपालिकाले करोडौँ मूल्य तिरेर मेसिन ल्याएको छ । क्यानडाबाट ल्याएको मेसिन बुधबार तालमा परीक्षण समेत गरिएको छ ।
पोखरा महानगरपालिकाले १ करोड २५ लाख रुपैयाँमा मेसिन पोखरा ल्याएको हो । महानगरपालिका आफैँले ७५ लाख रुपैयाँ खर्च गरेको छ भने ५० लाख सांसद रवीन्द्र अधिकारीको पहलमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट जुटाइएको हो ।
‘प्लान्ट हार्भेस्टिङ’ नाम दिइएको मेसिन बुधबार परीक्षण गरिए पनि २५/२६ गतेतिर बिशेष औपचारिक कार्यक्रम गरेर सुरुवात गरिने भएको छ । फेवातालबाट निकालिएको झार एक ठाउँमा जम्मा गरिने छ र यसबाट कम्पोस्ट मल बनाउने योजना महानगरपालिकाको छ ।
फेवातालको जलकुम्भी झार पोखराकै टाउको दुखाइ बनेको थियो । जलकुम्भीले फेवाताल कुरुप बनाउँदै लगेको थियो । महानगरपालिका, एनजीओ, आइएनजीओ लगायत विभिन्न संघसंस्थाले जलकुम्भीका लागि भनेर बर्सेनी लाखौं रुपैयाँ खर्चिन्थे । जलकुम्भी निकाल्नकै लागि भनेर वर्सेनी २० लाखभन्दा बढी खर्च हुने गरेको थियो ।
राजनीतिक दलका नेता तथा जुनसुकै उम्मेदवारको एजेन्डामा फेवातालको जलकुम्भी झार बन्ने गरेको थियो । तर, फेवातालमा जलकुम्भी झार समस्या हट्नुको सट्टा फैलिँदै फेवाताल ढाक्दै गएको थियो । झारका कारण फेवातालमा घुम्न आउने आन्तरीक तथा बाह्य पर्यटकलाई डुङगा सयरमा समेत बेला बेलामा समस्या पर्ने गरेको थियो । २०७४ वैशाख १९ गते जलकुम्भी लगायत झार व्यवस्थापनका लागि मेसिन खरिद गर्ने नगरपालिकाले निर्णय भएको थियो ।
तालमा बर्षेनी आउने जलकुम्भी झारको ब्यवस्थापनका लागि पोखरा लेखनाथ महानगरपालिकाको पहिलो कार्यपालिकाको बैठकले अत्याधुनिक औजार (मेशिन) खरिद गरेको उपमेयर मन्जु गुरुङले बताइन् ।
तस्विर: हरि पहारी
भिडियो हेर्नुहोस्
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?