गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
गण्डक न्युज पोखरा, २५ माघ । जलकुम्भी झार र तालमा रहेको फोहोरलाई झिक्न क्यानडाबाट ल्याइएको मेशिनको बिहिबार औपचारिक शुभारम्भ गरिएको छ । मेसिनको सांसद रविन्द्र अधिकारी र पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले तालको जलकुम्भी झार झिकेर शुरुवात गरे ।
पोखरा लेखनाथ महानरपालिकाको ९१ लाख २५ हजार र सांसद रविन्द्र अधिकारीको पहलमा निर्वाचन क्षेत्र पूर्वाधार बिशेष कार्यक्रम मार्फत जलकुम्भी झार निकाल्ने क्यानडामा निर्माण भएको एक्वाइटिक प्लान्ट हार्भेस्टिङ मेसिन ल्याइएको हो ।
कार्यक्रममा बोल्दै सांसद अधिकारीले फेवाताललाई बचाउन मापदण्ड क्लियर, दैनिक सरसफाई, वर्खा याममा आउने माटो, ढुुङगालाई नियन्त्रण गर्न चेक ड्याम निर्माण गर्नुपर्नेमा जोड दिए । ‘फेवालाई स्वच्छ, सुन्दर र सफा बनाउन त्यसको मापदण्ड निश्चित गरेर ड्याम साईडदेखि लेकसाईसम्मको ताल किनारालाई पर्यटकीय र रमणीय बनाउनुपर्छ ।’
प्रदेश सांसद राजीव पहारीले २२ हजार रोपनी क्षेत्रफलको फेवाताल ९ हजार रोपनीमा खुम्चिएको बताउदै अव बोल्ने भन्दा काम गर्ने समय आएको बताए । फेवाताल राष्ट्रिय सम्पदा भएको बताउदै सवै मिलेर यसको संरक्षण गर्नुपर्ने खाँचो औल्याए ।
ताल संरक्षणका लागि मेसिन उपयुक्त भएको भन्दै महानगर प्रमुख मानबहादुर जिसीले फेवाताल संरक्षणका लागी तयार भएको बताए । उनले मेशिनले ताल माथि उत्रेको मात्रै नभइ ६ फिट तलको फोहोर र जलकुम्भी समेत काटेर निकाल्ने बताए । उपप्रमुख मञ्जुदेवी गुरुङले फेवतालको संरक्षणमा महानगर लागेको बताइन् । मेशिनले जलकुम्भी र फोहोर सफा गर्न महत्वपूर्ण भुमिका खेल्ने पत्रकारसंगको कुराकानीमा बताइन् ।
पोखरा वडा नम्वर १३ का वडा अध्यक्ष दर्शन लामाले फेवाताल संरक्षणका लागी मेशिन अनिर्वाय भएको र अव तालको मापदण्ड विपरित बनेका संरक्षणलाई ब्यवस्थित गर्नुपर्ने खाँचो औल्याए । पोखराका फेवाताल, बेगनास ताल लगायतक अन्य तालमा समेत उक्त मेशिनको प्रयोग मार्फत सफाई गरिने छ ।
मिट ग्रुप प्रालिले क्यानडाबाट ल्याएको मेसिनको तौल २ टन छ । ३६ फिट लम्बाई र ८ दशमलव ५ फिट चौडाई भएको मेसिनले एक पटकमा २ टन निकाल्न सक्ने महानगरका प्रशासकीय प्रमुख दिर्घनारायण पौडेलले बताए । कार्यक्रमको संचालन फेवाताल संरक्षण आयोजना प्रमुख एवं इन्जिनियर महेन्द्रबहादुर गोदारले गरेका थिए ।
फेवातालबाट निकालिएको झार एक ठाउँमा जम्मा गर्ने र यसबाट कम्पोस्ट मल बनाउने योजना महानगरपालिकाको छ । २०७४ वैशाख १९ गते जलकुम्भी लगायत झार व्यवस्थापनका लागि मेसिन खरिद गर्ने निर्णय महानगरले गरेको थियो । २०१७ सालमा नौ सय ८४ हेक्टर क्षेत्रफलमा फैलिएको फेवाताल २०५५ सालमा आइपुग्दा चार सय ४३ हेक्टरमा सिमित हुन पुगेको तथ्यांक छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ