पोखरा, २० फाल्गुन । पोखराको सडकमै छाडा चौपाया भेटिन्छन् । यी चौपाया यसै सडकमा आएका होईनन् । कतिले गोरु बहर यसै सडकमा धपाईदिन्छन् । उसो त घरमै पालिएका गाई भैंसी समेत दिनभर सडकमा छाडिदिने, राति गोठमा फर्काउने गरेको पनि पाईन्छ ।
सडकमा गाई जात्रा देखाउँदा समेत महानगरमा बस्ने भन्ने पशु धनीहरु यसले वातावरणलाई पारेको नकारात्मक पक्षबारे बुझ्ने चासो समेत राख्दैनन् । अब भने पोखरा महानगरपालिकाले पशुलाई नम्बर टाँसेर यसतर्फ कडाई गर्ने भएको छ । ट्याग लगाईएको पशु सडकमा देखिए पशुधनिको पहिचान गरि आवाश्यक कानुनी कार्वाही समेत गरिने छ ।
पोखरा लेखनाथ महानगरपालिका भित्र संचालित व्यावसायीक फार्म तथा घरमा पालिएका पशु (गाई/गोरु/बहर/कोर्ला/बाच्छा/बाच्छी) हरुलाई पहिचानका लागी ट्याग लगाईने भएको छ । पशुसेवा शाखाको चालु आर्थीक वर्षको स्विकृत कार्यक्रम अन्तरगत घरपालुवा चौपायलाई ट्यागिङ् गरि गाई प्रजातिमा अभिलेखिकरण एंव स्वामित्व हस्तान्तरण कार्यक्रम वडा नं. १७ बाट सुरु गर्ने तयारी गरिएको मेयर मानबहादुर जिसिले जानकारी दिए ।
दीर्घकालिन रुपमा छाडा पशुको नियन्त्रण गर्न, पशुधनको स्वामित्व लिन, ट्राफिक व्यवस्थापन एंव दुर्घट्ना न्युनिकरण गर्न तथा शहरको सौन्दर्यकरणलाई थप प्रवद्र्धन गर्नका लागी यो कार्यक्रम प्रभावकारी हुने विश्वास लिईएको छ ।
सोही कार्यक्रम बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महानगरका पशुसेवा शाखाका अधिकारीहरुले भनेका छन्, ‘सडकमा जाथाभावि छोडिएका पशु आफ्नो अधिकारबाट पुर्ण रुपमा बञ्चित हुनुपरेको छ भने रोगको प्रकाप बढ्न गई पशुधनको नोक्सान र खाद्ययान्न उत्पादनमा समेत ह्रास बेहोर्नु परेको छ ।
उपयुक्त नीति तथा ऐनको अभावका कारण पशुअधिकारको उल्लघंन भैरहेको महानगरका प्रमुख एंव वरिष्ठ पशु चिकित्सक ठगेन्द्र प्रसाद अर्यालले उल्लेख गरे । पाईलट प्रोजेक्टका रुपमा वडा नं. १७ बाट सुरु गरिने उक्त कार्यक्रम विस्तारै विस्तार गर्दै लैजाने र स्वामित्व कार्ड प्रमाणीकरणलाई समेत अनिवार्य गरिने छ ।
फाल्गुन २५ गते देखी सुरु हुने उक्त कार्यक्रमका आवाश्यक मात्रामा प्राविधिकहरु समेत खटाउने र नयाँ थपिएका गाँई र जन्मदै गरेका बाच्छाबाच्छीहरु हरेक दुई दुई महिनामा अभिलेखिकरण गरिने छ ।
हाल महानगरले वडा नं. २० को भलाम स्थित स्थापति सहकारी संस्थासंगको सहकार्यमा छाडा पशुहरु व्यवस्थापन गर्दै आएको भएपनि त्यति प्रभावकारी हुन सकेको छैन् । पोखरा लेखनाथ महानगरपालिका भित्र ५ देखी ७ सय को हाराहारीमा छाडा पशु रहेको हुन सक्ने अनुमान गरिएको छ ।
अहिले सडकमा रहेका उत्पादक तथा अनुत्पादक छाडा चैपायहरुको प्राविधिक रिपोर्टका अधारमा पालन गर्ने व्यक्ति सहकारी समुह संस्था फार्म कम्पनीलाई प्रोत्साहनको नीति समेत अवलम्बन गरिने महानगरका प्रशासकीय अधिकृत दिर्घनारायण पौडेलले बताए ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु