पोखरा, ६ असार / पोखरा लेखनाथ महानगरपालिकाको तेस्रो नगरसभा असार १० गतेदेखि सुरु हुँदैछ । नगर सभामा प्रस्तुत गर्ने नीति, कार्यक्रम, योजना र बजेटको तयारीमा महानगर जुटेको छ । नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने योजनाको बारेमा महानगरपालिकाले कास्कीका प्रदेश र संघीय सांसदसँग बुधबार छलफल गरेको छ ।
महानगरपालिका मेयर मानबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा सांसदहरुले स्मार्टसिटीको पूर्वाधारलाई प्राथमिकता दिएर नीति, कार्यक्रम, योजना र बजेट बनाउन सुझाव दिएका छन् । उनीहरुले जनताले विकास र सुुशासन चाहेकोले त्यसलाई ध्यानमा राखेर बजेट ल्याउनु पर्ने सुझाव दिए ।
कास्की क्षेत्र नम्बर एक बाट संघीय संसदमा निर्वाचित सांसद खगराज अधिकारीले विजयपुर खोलामा पुलहरु थप्नुपर्ने र चौडाइ ४ लेनको बनाउनेतर्फ महानगरको ध्यानाकर्षण गराएका छन् । बाइपास सडक बनाएर पोखराको ट्राफिक जामलाई घटाउने योजना महानगरपालिकाले ल्याउनुपर्ने उनको भनाइ छ । ‘पोखरामा पर्यटन विश्वविद्यालयको खाँचो छ,’ अधिकारीले भने,‘ ताल संरक्षणको साथै महानगरका सबै वडालाई जोड्ने सडक सञ्जाल विस्तारमा विशेष ध्यानदिनु पर्छ ।’
प्रदेश सभाका सांसद कृष्ण थापाले चुनावी घोषणपत्रमा समेटिएका योजनालाई पूरा गर्ने गरी बजेट ल्याउनुपर्ने बताए । ‘पोखराका डाँडाकाँडालाई ग्रीन सेटेलाइट सिटी बनाउनुपर्छ,’ थापाले भने,‘ समग्र पोखराको विकासको गुरु योजनालाई बनाएर अगाडि बढेमात्र स्मार्टसिटी बन्न सक्छ ।’ सांसद दीपक कोइरालाले साविकको लेखनाथ नगरपालिकाका बासिन्दालाई महानगरको अनुभूति हुनेगरी योजना बनाउनुपर्ने बताए । ‘तालहरुको संरक्षणको लागि गुुरु योजना आवश्यक छ,’ कोइरालाले भने, ‘जनताको जीवनस्तर परिर्वतन हुने गरी बजेट ल्याउनुपर्छ ।’
अर्का सांसद मनबहादुर गुरुङले विजयपुरको किनारै÷किनार सडक बनाउनु पर्ने बताए ।उनले पोखरादेखि २ घण्टाको यात्रामा हिउँ छुन सकिने ठाउँहरु भएकाले तिनीहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताए । सांसद विन्दुकुमार थापाले पोखराले भु उपयोग र जल उपयोग नीति ल्याउनुपर्ने बताए । सार्वजनिक जग्गाको संरक्षण, सुकुम्बासी समस्या समाधान, करदाता मैत्री सुशासन लगायत समग्र पोखराको गुरुयोजना बनाउनुपर्ने बताए । अर्का सांसद राजीव पहारीले जनताले सुशासन र विकास चाहेकोले त्यसलाई ध्यानमा राखेर सन्तुलित विकास गर्नुपर्ने बताए । उनले चाक्ला सडक र पार्किङ स्टेसन बनाउन पनि महानगरलाई सुझाव दिए ।
सांसद रामजी बराल जीवनले सेवालाई प्रभावकारी बनाउनुपर्ने बताए । ‘जनताको घरमा बोरामा फोहोर कुहाएर राख्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने उनको जोड छ । २४ सै घण्टा धारामा पानी आउने गरी योजना बनाएर काम गर्न उनले सुझाव दिए । सांसद मित्रकुमारी गुरुङ सुवेदीले खानेपानी व्यवस्थापनलाई र महिला कानुनी परामर्शलाई प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताइन् । सांसद गायत्री गुरुङले एतिहासिक कोटहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताइन् ।
सांसद पुष्पा केसी भण्डारीले बजारलाई सफा राख्नको लागि प्लास्टिकको विकल्प खोज्नुपर्ने बताइन् । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले विभिन्न ५ वटा समिति बनाएर नीति, कार्यक्रम र बजेट निर्माणको काम भइरहेको बताए । नगरसभा पोखरा सभागृहमा हुने वरिष्ठ कानुन अधिकृत नारायण शर्माले जानकारी दिए ।बजेटका बारेमा महानगरपालिकाले विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गरिरहेको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो