अर्जेन्टिनालाई पनि आइसल्याण्ड जस्तै हराउन मन छ: मुसा

अर्जेन्टिनालाई पनि आइसल्याण्ड जस्तै हराउन मन छ: मुसा

_102169919_gettyimages-981265620

काठमाडौं । मुसाको दुई गोलको मदतमा नाइजेरिया २-० ले विजयी हुँदा अर्जेन्टिनाको नकआउट चरणमा पुग्ने सम्भावना जीवितै रहृयो ।अहमद मुसाले आइसल्याण्डविरुद्ध गोल गर्दा नाइजेरियासँगै अर्जेन्टिनाका समर्थक पनि खुसी भए ।

तर, यो त्यति सहज छैन । यसका लागि समूह चरणको अन्तिम खेलमा क्रोएसियाले आइसल्याण्डसँग हार्नु हुँदैन । साथै अर्जेन्टिनाले नाइजेरियालाई हराउन सकेको अवस्थामा मात्र आल्बिसेलेस्ट विश्वकपको अन्तिम १६ मा पुग्नसक्छ ।

नाइजेरियाका मुसाले भने अर्जेन्टिनाविरुद्ध पनि शुक्रबार जस्तै प्रदर्शन दोहोर्‍याउन चाहेका छन् ।

सन् २०१४ को विश्वकपमा अर्जेन्टिना ३-२ ले विजयी भएको खेलमा पनि मुसाले दुई गोल गरेका थिए । ‘हामीलाई यो खेलको महत्व थाहा छ’ उनले भनेका छन्, ‘यो हाम्रा लागि गर या मरको खेल हो र हामीले यो खेल जित्नुपर्छ ।’

२५ वर्षीय फवार्ड मुसोले अघि भने, ‘तर, अर्जेन्टिनाविरुद्ध गोल गर्न मलाई कठीन छैन । अर्जेन्टिनालाई पनि आइसल्याण्ड जस्तै हराउन मन छ । ’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

सूर्य तिमिल्सिना

सूर्य तिमिल्सिना

तिमिल्सिना गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds