सरकारको काम देख्दा माधव नेपाल दिक्क !

सरकारको काम देख्दा माधव नेपाल दिक्क !

Madhav_Nepal_7UEFUO2GSn

काठमाडौं–सत्तारूढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बिहीबार आफ्नै पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारको आलोचना गरेका छन् ।

संसद्को दोस्रो अधिवेशनमा पहिलोपटक रोस्ट्रममा पुगेका नेपालले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या र रौतहटको चन्द्रपुरमा एसिड आक्रमणबाट मृत्यु भएकी सम्झना दासको घटना सुनाए ।

‘बलात्कार र एसिड आक्रमणका अनेकौं घटना घटिरेहका छन् । देशमा भ्रष्टाचार व्याप्त छ । रोक्ने, नियन्त्रण गर्ने कुनै अंग छ कि छैन रु कोही अहिलेसम्म गिरफ्तार भएका छन् कि छैनन् रु मुद्दा चलिरहेको छ कि छैन रु मान्छे काम र परिणाम हेर्न चाहन्छन्,’ दोस्रो अधिवेशन अन्त्य गर्न नेकपाका तर्फबाट सम्बोधन गर्दै उनले भने, ‘परिणाम दिएपछि हाम्रो पनि शिर ठाडो हुने थियो । जुन जोगी आए पनि कानै चिरेको भन्ने यो कानले सुन्नुपर्ने थिएन ।’ भ्रष्टाचारी भनिएका व्यक्तिलाई सरकारले पुरस्कृत गर्दा शिर निहुरिएको उनले बताए । यस्ता विषयमा संसद्मा प्रश्न उठे पनि सरकारले सुनुवाइ नगरेको उनको आरोप छ । ‘

बाटो र बसमा हिँड्दा कानै थुनेर हिँडुँजस्तो हुँदो हो,’ मन्त्रीहरूलाई लक्षित गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने, ‘जनताले भनेका कुराको प्रतिवाद गर्ने होइन, कमजोरी स्वीकार गर्दै कहाँ त्रुटि भयो खोजेर सुधार्ने आँट गर्नुपर्छ ।’ राम्रो काम गर्नेलाई नेकपाले मात्रै नभई संसद् र सम्पूर्ण जनताले समर्थन गर्ने उनले बताए ।

देश र जनताले भोगिरहेका समस्याप्रति संवेदनशील भइदिन उनले मन्त्रीहरूलाई आग्रह गरे । जनताले शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा चाहेकाले सरकार यसमा संवेदनशील हुनुपर्ने उनको भनाइ छ । राम्रो काम गर्दा मात्रै सबैले सहयोग गर्ने उनले बताए । कान्तिपुर दैनिकमा महिलो पृष्ठमा यो खबर छापिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ