काठमाडौं । आर्थिक वर्ष सुरु भएको पहिलो दुई महिनामै सरकारले आफ्नो डुकुटीबाट विभिन्न राजनीतिक दलका नेता, पार्टि कार्यालय तथा व्यक्तिका नाममा झन्डै तीन करोड रुपैयाँ बाँडेको छ ।
अर्थ मन्त्रालयका अनुसारआर्थिक वर्ष ०७४७५ को साउन र भदौमा आर्थिक सहायता बजोट शीर्षमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, संघीय संसद सचिवालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत निकायका नाममा उक्त रकम निकासा भइसकेको छ। यस अवधिमा राज्यकोषबाट दुई करोड ७९ लाख रुपैयाँ आर्थिक सहायताका लािग निकासा भइसकेको छ।
यो रकममध्ये साउन महिनामा गंगामाया अधिकारीका लागि २० लाख, एमाले जिल्ला कार्यालय पर्सालाई दुईलाख तीन हजार, पूर्वमन्त्री रामकृष्ण ताम्राकारलाई १५ लाख, राष्ट्रकवि माधव घिमिरेलाई १४ लाख ९८ हजार, विभिन्न व्यक्तिका नाममामा ४६ दाख ५० हजार रुपैयाँ छुट्टाएको समाचार नयाँ पत्रिका दैनिकमा छ।
यस्तै, भदौ महिनामा कांग्रेस नेता नरहरि आचार्यको उपचारका लागि ३३ लाख ६१ हजार, निर्वाचनमा घाइते २४ जनाको उपचारका लागि २७ लाख ६० हजार, दक्षिण एसिया गुठी र काठमाडौं स्कुल अफ ललाई ३० लाख, देशघरका विभिन्न व्यक्तिका नाममा ८९ लाख रुपैया बाँडिएको छ।
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न