नारायणकाजी श्रेष्ठ नेकपाका प्रबक्ता । कोमल अाेली नेकपाबाटै राष्ट्रिय सभाकी सांसद । एउटै पार्टीमा रहेका श्रेष्ठ र ओली दुबै अविवाहित । यी दुई अविवाहितको प्रसंगले नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय सचिवालयको पछिल्लो बैठक कुनै पनि एजेण्डामा छलफलनै नगरी अर्कोपटक बस्नेगरी स्थगित भएको थाहा भएको छ ।
गत ८ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय हाई कमाण्डको बैठकमा प्रदेश कमिटीको पुर्णतापछि केन्द्रीय सदस्यहरुको कार्य विभाजनसम्बन्धी एजेण्डा छलफलका लागि राखिएको् थियो । तर, त्यस एजेण्डामा छलफल प्रवेशै नगरी बैठकको ध्यान एकाएक एउटा फोटोतर्फ मोडियो ।
श्रेष्ठ र कोमल एउटै मञ्चमासंगै रहेको एउटा पत्रिकामा प्रकाशित फोटो हेर्दै अध्यक्ष ओलीले अविवाहित जोडीलाई कस्तो सुहाएको भन्दै ठट्टा गर्न सुरु गरेपछि बैठकको माहोल हाँसोठट्टातर्फ मोडियो । त्यसो त प्रचण्ड,माधव नेपाल,झलनाथ खनाल,इश्वर पोख्रेल देखि सबै नेताले त्यही फोटोको प्रसंगमा धेरै ठट्टा गर्न भ्याए । यतिसम्मकि अविवाहित काजीलाई साँच्चै कुमारचाहिँ हो कि होइन भन्नेदेखि कोमलसंगको चिनजानबारे समेत नेताहरुले जिज्ञासा राखे ।
त्यहीँ एउटा तस्विरको कारणले बैठकको एजेण्डामा छलफल गर्ने स्थितीनै बनेन । चियाको चुस्कीसंगै रमाइलो ठट्टामै एक घण्टा कसरी बित्यो पत्तो पनि भएन । एक सचिवालय सदस्यले भनेका छन्: कार्यविभाजन पहिले कि पोलिटब्युरो पहिले गठन गर्ने मत बाझिने गरी सामान्य छलफल भएको थियो तर दुई अध्यक्षले पहिले कार्यविभाजनको गृहकार्य गरेपछि बैठक पुन बस्नेगरी रमाइलो मुडमा अन्तत बैठक टुंगियो ।
९ गते गृहकार्य गरेर ११ गते बस्ने गरी बैठक टुंगिए पनि गृहकार्य नपुगेको भन्दै त्यस दिनको बैठक पनि सारिएको थियो । बैठक पुन बस्ने भनिए पनि प्रस्तावित एक दर्जन एजेण्डामा भने सचिवालयमा गतिका साथ गम्भीर छलफल भएको छैन ।
– बुधबार साप्ताहिकबाट
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’