‘जसले धोका दिन्छ, त्यो नै सिद्धिन्छ’

‘जसले धोका दिन्छ, त्यो नै सिद्धिन्छ’

ram bahadur

काठमाडौँ — सरकारले सीके राउतसँगको सहमतिमा प्रयोग भएको ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ शब्दको अर्थ ‘जनमतसंग्रह’ नभएको प्रस्ट पार्दै यस्तो व्याख्या सहमतिविपरीत हुने जनाएको छ ।

सहमतिका हस्ताक्षरकर्तासमेत रहेका गृहमन्त्री रामबहादुर थापाले आइतबार प्रतिनिधिसभामा जवाफ दिँदै सहमतिबाट जो विपरीत जान्छ, त्यो सिद्धिने चेतावनी दिएका छन् ।

‘जहाँसम्म सीके राउतजीले जनमतसंग्रह हो भन्नुभयो भन्ने कुरा यहाँ उठेको छ, जनमतसंग्रह नै हो भन्ने उहाँको कुरा हो भने त्यो सहमतिको विरुद्ध हुन्छ,’ मन्त्री थापाले भने ।
बैठकमा सांसदहरूले सहमतिका क्रममा सरकार चिप्लिएको, फसाइएको वा राउत समूहले धोका दिन सक्ने आशयका प्रश्न उठाएका थिए ।
‘उक्त समूहले धोका दिन सक्छ कि भन्ने प्रश्न पनि उठेको छ,’ मन्त्री थापाले भने, ‘यहाँ धोका दिने भन्ने कुरा आउँदैन । जसले धोका दिन्छ, त्यो नै सिद्धिन्छ ।’  उनले मधेसमा जनमतसंग्रह गर्ने सहमति नभएको उल्लेख गरे ।
यो खबर कान्तिपुर दैनिकका लागि दुर्गा खनालले लेखेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds