वीरगञ्ज – हुलाकी राजमार्ग योजना कार्यालयको सरकारी गाडी भारतबाट तस्करीका सामान ओसार्न प्रयोग गरिएको खु्लेको छ ।
सडक विभागले हुलाकी राजमार्ग योजना कार्यालय वीरगञ्जका लागि उपलब्ध गराएको बा १ झ ९६१६ नम्बरको बोलेरो जिप योजना कार्यालय प्रमुखका छोरा आनन्द पटेलले भारतबाट तस्करीको सामान ओर्सान प्रयोग गर्दै आएका छन् ।
आइतबार राति तस्करीको सामानसहित उक्त जिप वीरगञ्ज भन्सार नाकाबाटै पक्राउ परेपछि यो रहस्या खेलेको हो । हुलाकी राजमार्ग योजना कार्यालय वीरगञ्जका प्रमुख अनुठालाल पटेलका छोरा आनन्द पटेलले सरकारी नम्बर प्लेटको उक्त जिपमा भारतको रक्सौलबाट हार्डवयरका सामान, राजश्व छलेर वीरगञ्ज ल्याउँदै गरेको अवस्थामा वीरगञ्ज भन्सार नाकामा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका हुन् ।
उक्त गाडीबाट करिब एक लाख रुपैयाँ मूल्य बराबरको हार्डवेयरका सामान बरामद भएको छ । रक्सौलबाट हार्डवेयरका सामान खरिद गरी आनन्द आफैले चलाएको बोलेरो जिप शंका लागेर भन्सार नाकामा सशस्त्र प्रहरीले जाँच गर्दा तस्करीका सामान बरामद भएको हो ।
यो समाचार क्रान्ति शाहले अन्नपूर्णमा लेखेका छन् ।
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’