पोखरा । पोखरा महेन्द्रपुल स्थित दुई सार्वजनिक महत्वका संरचना पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय हटाइने भएको छ । पोखराका कलाकारहरुले ठूलो कसरतपछि निर्माण गरेको सुविधासम्पन्न पोखरा आर्ट ग्यालरी र लामो इतिहास बोकेको सार्वजनिक पुस्तकालय अब हट्ने भएका हुन् ।
शुक्रबार बसेको पोखरा महानगरको कार्यपालिका बैठकले ती दुवै सार्वजनिक महत्वको संरचनालाई महेन्द्रपुलबाट हटाउने निर्णय गरेको प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए। जीर्ण र अपायक ठाउँमा भएको भन्दै महानगरले हटाउने निर्णय गरेको उनको भनाई छ । समाधान दैनिकमा खबर छ ।
‘पुस्तकालय र आर्ट ग्यालरी रहेको भवन पुरानो भइसकेको छ । त्यसमाथि त्यहाँ अनावश्यक भीड र होहल्ला पनि हुने भएपछि हटाउने निर्णय भएको हो,’ नेपालीले भने, ‘अब यसलाई प्रदेश संग्रहालयमा स्थानान्तरण गर्ने भएका छौं ।’
उनले बहुसंग्रहालयमा सांस्कृतिक ग्राम बनाउने र त्यतै ग्यालरी र पुस्तकालय सारिने बताए । संग्रहालयमा बहुसांस्कृतिक ग्राम बनाउन महानगरले चाँडै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने निर्णय भएकोे प्रवक्ता नेपालीले सुनाए । उनले भने, ‘अब महेन्द्रपुलका ती दुवै ग्यालरी र पुस्तकालय भत्काइने छ र त्यसलाई खाली गरिनेछ ।’
शुक्रबारको कार्यपालिका बैठकमा महानगरको लोगो डिजाइन छनोट गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । प्रवक्ता नेपालीको संयोजकत्वमा बनेको उक्त छनोट समितिले छानिएको लोगोमा केही संसोधन गर्न सुझावसहित प्रतिवेदन बुझाएको जनाएको छ । ‘हामीले लोगो छनोट गरेर त्यसमा सुक्ष्म संशोधन गर्न सुझावसहित प्रतिवेदन बुझाइसकेका छौं,’ उनले भने, ‘उक्त लोगो संशोधन भएर आइसकेपछि महानगरपालिकाले सार्वजनिक गर्नेछ ।’
महानगरको कार्यपालिका बैठकले अबदेखि सबै वडा कार्यालयको सुरक्षा बढाउने निर्णय गरेको छ । प्रत्येक वडा कार्यालयको सुरक्षा गर्न रातको समयमा पनि कर्मचारी खटाउने निर्णय भएको प्रवक्ता नेपालीले सुनाए । केही समययता महानगरको विभिन्न वडा कार्यालयमा चोरी भएपछि महानगरले यस्तो निर्णय गरेको हो । महानगरले कार्यपालिका सदस्यको पोशाक पनि तय गरेको छ । प्रवक्ता नेपालीका अनुसार आगामी आर्थिक वर्षका लागि बजेट स्रोत अनुमान तथा बजेट सीमा निर्धारण कार्य समेत सुरु गर्न कार्यपालिका बैठकले निर्णय गरेको छ ।
कार्यपालिका बैठकले महानगरको मातहतमा रहेका अस्पताललाई अनुगमन तथा नियमन गर्न बनेको अस्पताल व्यवस्थापन ऐन र पशु विकास ऐन समेत पारित गरेको छ । पोखरामा चल्ने बसमा विद्युतीय टिकट प्रणाली सुरु गर्न ननिजी क्षेत्रसँग अध्ययन गरेर सैद्धान्तिक सहमति दिने निर्णय पनि नगर कार्यपालिकाले गरेको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो