पहिला मुड्की अनि श्रमस्वीकृति !

पहिला मुड्की अनि श्रमस्वीकृति !

mudkai-ani-shram

काठमाडौं–श्रम मन्त्रालयले श्रम स्वीकृतिका लागि प्रत्येक प्रदेशका कार्यालय स्थापना गरेपनि सेवाग्राहीले सहुलियत पाएका छैनन् । उल्टो उनीहरुले शास्ती बेहोर्नुपरेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

पहिला मुड्की अनि श्रमस्वीकृति शीर्षकमा छापिएको समाचारमा वैदेशिक रोजगारमा जाने नेपाली कामदारले स्वदेशमै सास्ती खेप्नुपर्ने अवस्था छ विदेशमा के हालत होला भन्ने उल्लेख गरिएको छ ।

त्यसमा पनि आइतबार जनकपुरबाट श्रमस्वीकृति लिन गएका युवाले मुक्का खाएका छन् । अस्तव्यस्त कार्यालयलाई व्यवस्थित बनाउन नसक्दा सुरक्षाकर्मीले सेवाग्राहीलाई नै मुक्का बजाएका छन् ।

स्थलगत रुपमा श्रम कार्यालयबाट लिएको रिर्पोटमा सेवाग्राहीलाई झापड हानिएको, सेवाग्राहीले सास्ती पाउँदा कर्मचारी हाँसेको, कार्यालयको अवस्था भद्रगोल रहेको, कर्मचारीको स्वभाव रिसाहा रहेको, आफूले काम नगर्ने अनि सेवाग्राहीले दुःख दिएभन्दै प्रहरीको साहरा लिएको, सातदिनको चक्करबाट पनि श्रमस्वीकृति नपाएको, लाइनमा बस्ने सेवाग्राही बेहोस भएको, बिचौलियामार्फत काम गर्दा सहज भएकोलगायतका कुरा देखिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी

ट्रेन्डिङ