काठमाडौं : जापान, कोरियालगायत देशमा जान सहजताका लागि भाष पढाउने नाममा अधिकांश शैक्षिक कन्सल्टेन्सीले मनपरी शुल्क असुल्दै आएका छन् । अधिकांश कन्सल्टेन्सीले ठगी धन्दा चलायँदै आए पनि सरकारले पर्याप्त मात्रामा अनुगमन गर्न सकेको छैन ।
विभिन्न बहानामा कन्ल्टेन्सीले शुल्क लिइरहेको समाचार राजधानी दैनिकमा छ। विद्यार्थी मासिक रूपमा १५ देखि ५० हजार रुपैयाँसम्म शुल्क तिर्न बाध्य छन् ।
शुक्कको निश्चित मापदण्ड छैन । विद्यार्थी लीलाधर वलीले भने, ‘मैले पनि पढेँ, तर नाम निस्किएन। एउटा कन्सल्टेन्सीमा जाँदा १० हजार रुपैयाँ, अर्कोमा जाँदा १५ हजार रुपैयाँ शुल्क रहेछ ।
पर्याप्त भौतिक पूर्वाधारविना एउटै कक्षामा सयौँ विद्यार्थी राखे पढाउने गरेको समेत भेटिएको छ । केही शैक्षिक कन्सल्टेन्सीले विद्यार्थीलाई विदेश पठाउँदा तालिमप्राप्त शैक्षिक परामर्शदाताको सहयोग नै लिने गरेका छैनन् ।
कम्तीमा पनि एउटा शैक्षिक कन्सल्टेन्सीमा दुई परामर्शदाता राख्नुपर्ने प्रावधान छ। कोरिया भाषा परीक्षा उत्तीर्ण गरेपछि केही शैक्षिक कन्सल्टेन्सीले भिसा लागेपछि प्रतिविद्यार्थी एकलाख रुपैयाँसम्म लिने गरेका छन्।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु