हेर्नुहोस्, होली खेल्दा कुन रङले कस्तो प्रभाव पार्छ ?

हेर्नुहोस्, होली खेल्दा कुन रङले कस्तो प्रभाव पार्छ ?

HOLI-ONE-FESTIVAL

काठमाडाैं । हर्ष, उमङ्ग र रङहरुको पर्व होली आईपुगेको छ। प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णीमाका दिन मनाईने यो पर्व लाई रङ्ग हरूको पर्व पनि भनिन्छ । रङ्गी–विरङ्गी रङ्गहरू एक आपसमा लगाएर सुख,शान्ति, समृद्घि र स्वास्थ्यको शुभकामना आदान–प्रदान गरी वातावरण नै रङ्गीलो बनाई मनाईने यो चाडले समाजमा पृथक पहिचान बनाउन सफल भएकै कारणले अन्तर्राष्ट्रिय जगत र अन्य संस्कृतिमा पनि लोकप्रिय हुँदै गएको छ ।

रङ्ग हरूको पर्व भएकाले एकातिर प्रेम मैत्री, भाईचारा र सामाजिक समरसताको द्दोतकका रूपमा स्थापित हुदै गईरहेको यो पर्व मनाऊन प्रयोग गरिने रासायनिक र कृतिम रङ्गहरूको बड्दो प्रयोगले जन स्वास्थ्यका लागी खतरा सावित हुँदै गइरहेको छ । फलतः होलिका दहनको पौराणिक महत्व बोकेको यो एतिहासिक पर्व आधुनिक युगसम्म आईपुग्दा स्वास्थ्य दहनको सामाजिक उत्सव बन्दै गहिरहेको छ ।

होलीमा प्रयोग गरिने रङ्गहरू मुख्यतः – सुख्खा, पानीमा घोल्न मिल्ने र लेदो (पेस्ट) गरी तीन प्रकृतिका हुन्छन । ब्यापारिक प्रयोजनका लागी औधोगिक स्तरमा तयार गरिएका यी रङ्गहरू बनाऊन स्वास्थ्यमा प्रतिकुल असर पार्ने रसायन हरूको ब्यापक प्रयोग गरीएको हन्छ ।

रङ्गमा मिसाईएका यी स्वास्थ्य नाशक तत्वहरू, छाला, नाक (श्वास), मुख, आँखा र कान हुदै शरीर भीत्र प्रवेशगरी स्वास्थयमा प्रतिकुल असर मात्र पार्दैन, कहिलेकाहि त आपतकालिन अवश्था पनि श्रृजना हुन सक्छ । बजारमा जताततै पईने यी रङ्गहरू बनाऊन विशेषतः माईका, एस्वेस्टस, सिलिका, शिशाको धुलो, पेट्रोलिय पदार्थ, अम्ल, क्षार, लवण, भारी धातुहरू, पारा, बालुवा र चुन जस्ता स्वास्थ्यका लागी भयावह हुने तत्वहरुको प्रयोग गरीन्छ ।

यसरी बनाईएका मिलावटी रसायनिक रङ्गहरुको स्वास्थ्यमा गहिरो नकारात्मक प्रभाव छ । रङ्गमा उपरोक्त तत्वहरू हाल्नाले छालाको संक्रमण, रगतको संक्रमण, मृगौलाको संक्रमण, मुटु, कलेजो मस्तिष्क, आँखा जस्ता कोमल अङ्गहरु दुर्वल र निस्क्रिय (फेलियर) हुने टाउँको दुख्ने, रिङ्गटा लाग्ने, ज्वरो आउने जस्ता समस्याहरु देखा पर्दछन् ।

सुख्खा रङ्ग

अविर, केशरी, सिन्दुर जस्ता सुख्खा रङ्गहरु बनाउन मुख्यतः शिशाको धुलो, माईका, एस्वेस्टस र सिलिका जस्ता तत्वहरू प्रयोग गरिएको हुन्छ । शिशाको धुलो रङ्गलाई चमकिलो बनाऊन प्रयोग गरिन्छ ।

रङ्ग खेल्दा शिशा, छाला, नाक मुख, र श्वाश मार्गबाट शरीर भित्र प्रवेशगरी मिर्गौला, कलेजो, हड्डी तथा कार्टिलेजहरूमा जम्मा हुन्छ र यी अंगहरूलाई निस्क्रिय बनाउछ । यसका अलावा उपापचयी क्रिया प्रभावित हुने र आँखा लाई हानि पुर्‍याई दृष्टि नाश पनि हुन सक्छ । सुख्खा रङ्ग बनाउन प्रयोग गरिने अर्को हानिकारक तत्व एस्वेस्टस र सिलिका हो । एस्वेस्टसले छाला तथा फोक्सोको क्यान्सर, दम, खोकी, छालाको प्रदाह र अल्पकालिन अन्धोपन गराउँछ ।

माईकाले पनि दम, खोकी, फोक्सोको फईब्रोसीस, कमजोरी, र तौल घट्ने जस्ता समस्याहरू निम्त्याऊछ । सुख्खा रङ्गमा हालिने अन्य तत्वहरुमा, क्रोमियम, क्याडमीयम, निकिल, पारो, जस्ता र फलाम लगाएतका भारी धातुहरू पर्दछन् ।

क्रोमियमले दम, खोकी, फोक्सो तथा छालाको एलर्जी गराऊछ । क्याडमीयमले ईटाइ ईटा नामक हड्डी नाजुक गर्ने रोग र क्यानसर निम्त्याउँछ । निकिलले छालाको प्रदाह र न्यूमोनिया गराउँछ ।

पारोले दम बड्ने, खोकी लाग्ने, छाती दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, पखाला चल्ने, मुटुको चाल गडबड हुने रक्तचाप बड्ने, आँखाको एलर्जी, टाउको दुख्ने दृष्टि धमिलिने र स्नायु प्रणालीका गडबडी आदी जस्ता समस्या गराउँछ ।

जस्ता (जिङ्कले) ज्वरो, छालाको एलर्जी, आँखाको एलर्जी, पाचन प्रणालीमा गडबडी जस्ता समस्या गराऊछ । फलामले छालाको एलर्जी र सौन्दर्य नास गर्छ।

लेदो (पेस्ट) रङ्ग

सुख्खा रङ्गहरूमा तेल, मैन, पेट्रोलियम पदार्थ, अम्ल, क्षार, लवण र अन्य रसायन हरू हालेर लेदो रङ्ग बनाईन्छ । विशेषतः कालो रङ्ग बनाऊन लेडअक्साईड, हरियो रङ्ग बनाउन कपर सल्फेट (नीलो तुथो), बैजनी रङ्ग बनाउन क्रोमियम ब्रोमाइड, चाँदी जस्तो चम्कने (ग्लिटरीङ्ग) सेतो रङ्गमा एल्मुनियम ब्रोमाईड, रातो रङ्ग बनाउन मरक्युरी सल्फेट नीलो रङ्ग बनाउन प्रशियन ब्लु जस्ता रसायन हरू मिसाईएको हुन्छ । लेडअक्साईड निलिएमा वा श्वास द्धारा लिएमा घातक हुन सक्छ ।

यसले छाला, आँखा, श्वासनली, फोक्सो, मष्तिस्क, आन्द्रा, मृगौला, रगत र प्रजनानंङ्गहरु लाई प्रभावित गर्दछ । गर्भवती स्त्री तथा गर्भास्थ शिशुको लागी अझै घातक हो । एलर्जी छाला सुनिने, फोकाफोकी आउने, श्वासको समस्या, दम बड्ने, मृगौला फेलिएर हुने, आँखा पोल्ने र पाक्ने जस्ता लक्षणहरु लेड अक्साईड पोइजनिङमा (बिषात्तता) देखा पर्छ ।

हरियो रङ्ग बनाउन प्रयोग गरीने कपर सल्फेट(नीलो तुथो) भन्ने रसायनले आँखा तथा छालामा बिषात्तता पैदा गर्दछ । छाला चिलाउने, सुन्निने, पोल्ने, आँखाको सेतो भाग ताथ ढकनी सुनिने, आँखामा घाऊहरु आउने र कोर्निया (आँखाको नानी) खराब हुने जस्ता समस्या पनि आऊन सक्छ। यो तत्व निल्न गएमा वाकवाक आउने बान्ता हुने, छाती पोल्ने, टाउँको दुख्ने, पखला लाग्ने, जस्ता समस्या देखिनुका साथै पेट, रगत, मस्तिष्क, कलेजो जस्ता अङ्गहरलाई पनि हानी पुर्याउँछ ।

बैजनी रङ्ग बनाउन प्रयोग गरीने क्रोमियम ब्रोमाइड भन्ने रसायन श्वास र फोक्सोको लागी अत्यन्त हानीकारक छ । श्वास बड्ने दम, खोकी लाग्ने एलर्जी हुने जस्ता लक्षण देखिन सक्छ ।

चाँदी जस्तो चम्कने (ग्लिटर) सेतो रङ्गमा एल्मुनियम ब्रोमाईड मिसाईएको हुन्छ । यसको बिषत्तताले क्यान्सर हुन सक्छ । आँखा, छाला र श्वासन प्रणालीमा प्रत्यक्ष हानी पुर्याउने यो तत्वले फोक्सोको क्षय, दम, खोकी, छाला चिलाउने, पोल्ने, सुनिने, आँखा पोल्ने, पाक्ने, पानी बग्ने, टाउको दुख्ने, बान्ता हुने जस्ता समस्या निम्त्याउछ ।

निलो रङ्ग बनाउन प्रशियन ब्लु नामक रसायन मिसाइन्छ । यो रसायनले छालाको एलर्जी, डर्मटाटिक्स जस्ता समस्या ल्याउन सक्छन् । र यसलाई निल्न गएको खण्डमा पेट दुख्ने, पाचन शक्ति गडबड हुने र कब्जियतका समस्या देखिन सक्छ । (एजेन्सीहरुकाे सहयाेगमा)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ