बाँझोपनाका छ भने यस्तो समाधानका उपायहरु अपनाउनुस् !

बाँझोपनाका छ भने यस्तो समाधानका उपायहरु अपनाउनुस् !

pregnent-woman

file photo

विवाह पश्चात नयाँ दम्पतिमा सन्तान जन्माउने धेरै इच्छा हुन्छ । तर, उनीहरुले सन्तान जन्माउनको लागि धेरै प्रयास गरेपनि उनीहरु आमाबुबा बन्न सक्दैन । जसलाई बाँझोपन भएको भनिन्छ । जसको कारण बच्चा जन्माउनको पुर्ण रुपमा क्षमता घटाउँछ । सामान्यतया विवाह गरेको ६ महिनासम्म पनि महिला गर्भवती नभएमा बाँझोपनको समस्या पनि हुन सक्दछ । बाँझोपनको समस्या महिला र पुरुष दुवैलाई हुन सक्छ ।

१.बाँझोपनको प्रमुख कारण ढिलो विवाह

डा. निकेता टे«वन भन्छिन्, ‘बाझोपन धेरै कारणले हुन्छ । जसमा सबैभन्दा ठूलो कारण ढिला विवाह गर्नु रहेको छ । उनका अनुसार २० देखि ३५ वर्ष उमेरका महिलाहरु सन्तान जन्माउनको लागि योग्य हुन्छन् । यदि यो उमेर पछि विवाह भएको छ भने गर्भावस्थामा बढि समस्या हुने गर्दछ ।

केहि कारणले ढिलो उमेरमा विवाह पश्चात पनि गर्भ रहयो भने महिला तथा बच्चामा धेरै समस्या देखिने गर्दछ । जसको कारण शिशुको तौल कम हुन,े आनुवंशिक रोग देखा पर्ने, महिलालाई बच्चा जन्माउनु भन्दा पहिले देखि नै कठिनाई हुने गर्दछ ।

२. ३५ उमेर नाघेपछि महिलामा डिम्बाशयको कमी 

डाक्टरहरुले भन्दै आएका छन् कि महिलाहरुको उमेर बढ्दै जाँदा गर्भवती महिलामा डिम्बाशयको कमि हुँदै जान्छ । महिलामा ३५ वर्षपछि डिम्बाशय कम हुनु साधारण विषय हो ।

३.ट्युब ब्लकका कारण बाँझोपन 

डाक्टरका अनुसार धेरै पटक संक्रमणको कारणले फेलोपियन ट्युब रोक्नु इन्फर्टिलिटीको ठुलो कारण हो । फेलोपियन ट्युब पनि पल्बिक संक्रमण र टिबीको कारण हुने गर्दछ ।

४.अस्वस्थ्य खानपानको कारण 

आजकालका महिलाहरुमा खानपानको कारण पनि बाझोपन बढ्दै गएको छ । पछिल्लो समयमा महिलाहरुमा खानपानको विषयको कारण धेरै बाझोपन बढ्दै गएको छ । यसको बाहेक इन्डोमेट्रोसियोसिसको समस्या पनि देखिन्छ ।

५.जीवनशैलीको कारण 

डा. निकिता भन्छिन्, ‘बाझोपनको कारण अव्यवस्थित जिवन शैली पनि हो । रातीको समयमा नसुत्नाले, धुमपान, मद्यपान सेवन गर्नाले, मधुमेहको कारण, तनाव लिने जस्ता कारण बाझोपनको समस्या देखिने गर्दछ ।

यसबाहेक पीसीओडी पनि एक रोग हो, जुन महिलाहरुमा धेरै उत्पन्न हुने गर्दछ । ६० देखि ७० प्रतिशत महिलामा व्यायाम गर्न कुनै कार्य छैन । व्यायमको कमिको कारण पनि महिलाहरुको हर्मोनमा कमि आउने गर्दछ ।

६.थाइराईड पनि बन्छ बाँझोपनको बाधक 

यसबाहेक इन्डोक्राइन डिसअर्डरको कारण थाइराईडको समस्या आउने गर्दछ । थाइराईडको नियन्त्रण नगरेसम्म बच्चा जन्मिन कठिन हुने गर्दछ । डाक्टरहरुले भन्ने गरेका छन् बाझोपनको अधिंकाश कारणको उपचार हुने गर्दछ । बाझोपनको नियन्त्रणको लागि दाम्पतीहरु समयमा नै चिकित्सक कहाँ गएर सल्लाह सुझाव लिन आवश्यक छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ