‘फेसबुकले ६० करोड पासवर्ड वर्षौंसम्म स्टोर गरेर राख्यो’

‘फेसबुकले ६० करोड पासवर्ड वर्षौंसम्म स्टोर गरेर राख्यो’

facebook photo

फेसबुकका करोडौं प्रयोगकर्ताका पासवर्ड त्यहाँका २० हजार कर्मचारीका लागि उपलब्ध भएको एक नयाँ रिपोर्टले बताएको छ । डाटा सुरक्षाको यो विफलताबारे सेक्युरिटी रिसर्चर ब्रेन क्रेब्सले जानकारी दिएका हुन् । उनका अनुसार फेसबुकले ६० करोड पासवर्ड वर्षौंसम्म प्लेन टेक्स्टमा स्टोर गरेर राखिएको थियो ।

सन् २०१२ मा बनाइएका फेसबुक अकाउन्टका पासवर्ड पनि सार्वजनिक भएका हुनसक्ने उनले बताएका छन् । पछिल्लो वर्षको सेप्टेम्बरमा फेसबुकमा समस्या देखिएपछि ५ करोड प्रयोगकर्ताको जानकारी सार्वजनिक भएको थियो ।

यस्तै, २०१८ को सुरुवातमा लाखौं फेसबुक प्रयोगकर्ताका जानकारी डाटा साइन्स कम्पनी क्याम्ब्रिज एनालिटिकाले प्रयोग गरेको बताइएको थियो । समाचार स्रोत/  बीबीसी, सेतोपाटी 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ