पब्जी खेल्दा खेल्दै एक युवकको मृत्यु, अर्का परीक्षामा फेल

पब्जी खेल्दा खेल्दै एक युवकको मृत्यु, अर्का परीक्षामा फेल

pubg

भारतमा पब्जी खेल्दा खेल्दै शुक्रबार एक युवकको मृत्यु भएको छ । तिलंगणाका २० वर्षीया युवकले ४५ दिनसम्म लगातार पब्जी खेलेपछि उनको ज्यान गएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। उनको नाम भने खुलाइएको छैन ।

लगातार पब्जी खेलिरहेका उनको घाँटीमा एक्कासी समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। तर अस्पतालमा उनको उपचार हुन सकेन।

भारतमै पब्जी खेलेकै कारण एक विद्यार्थी विश्वविद्यालयको परीक्षामा फेल भएका छन्। रातभर पब्जी खेलेर परीक्षा दिन गएका ती विद्यार्थीले परीक्षाको उत्तर पुस्तीकामा पब्जी खेलबारे लेखेर बुझाएको जनाइएको छ।

ती विद्यार्थीले एसएसएलसी परीक्षामा गतवर्ष डिस्टिंसन ल्याएका थिए। तर एकाएक पब्जी खेलमा लागेपछि उनले पढाइ बिर्सिएको जनाइएको छ।

भारतमा पब्जीका कारण युवाहरुले मानसिक सन्तुलन समेत गुमाउन थालेको खबरहरु आएका छन्। एजेन्सी

समाचार श्रोत /नेपालखबर

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ