एउटा ठट्यौली छ, ‘मदिरा पिउनु स्वास्थ्य र स्वास्नी दुबैको लागि हानिकारक छ ।’ हाम्रो समाजमा महिलाको तुलनामा पुरुषले बढी मदिरा पिउँछन् । कतिपय पुरुष के ठान्छन् भने, मदिरा पिउनु आफ्नो लैंगिक प्रवृत्ति हो । तर, महिला र पुरुषको शरीर संरचना उस्तो भिन्न हुन्न । मदिराले महिलालाई जति हानी गर्छ, उत्तिनै पुरुषलाई पनि । अक्सर के देखिन्छ भने, घरमा श्रीमती खानपिन तयार गर्ने र श्रीमान् चाहि मदिरा पिउन साथीभाई जमघट गर्ने ।
ठट्यौली सही, ‘मदिराले स्वास्थ्य र स्वास्नी दुबैलाई हानी गर्छ ।’
मदिरा कति हानिकारक ?
मदिरा सेवनले स्वास्थ्यमा गंभीर हानी गर्छ भन्ने कुरा संभवत मदिरा पिउने अधिकांशलाई थाहा छ । तर, पनि उनीहरु स्वास्थ्य भन्दा स्वादमा लोभिन्छन् । उनीहरु ठान्छन्, मदिराले कम्तीमा आनन्द दिन्छ । मुड प|mेस गराउँछ । रमाइलो गराउँछ ।तर, मदिराले दिने रमाइलोको आयु कति हुन्छ ?
दुई घण्टा ? तीन घण्टा ? चार घण्टा ? बढीमा पाँच घण्टा । मदिराले क्षणभरमै आनन्द दिने हो । तर, त्यसबाट जति आनन्द प्राप्त हुन्छ, उत्तिनै शारीरिक हानी पनि । अतः मदिराले गर्ने हानी हामीले जीवनभर भुक्तान गर्नुपर्छ । दुई घण्टा रमाइलो गर्न पिएको मदिराले जीवनभर कष्ट दिइरहन्छ ।
कम वा सन्तुलित मदिरा पिउनु घातक छैन ?
मदिरा पिउनेको अनेक वाहाना हुन्छन् । कतिले यसलाई नियन्त्रित मात्रामा सेवन गर्दा फाइदा गर्छन् भन्छन् । कतिले अन्य खानेकुरा सलाद, फलफूलसँग सेवन गर्दा स्वास्थ्यलाई खास खराब गर्दैन भन्छन् । हालै एक अध्ययनको निचोड के निस्किएको छ भने, कम वा सन्तुलित मदिरा पनि स्वास्थ्यका लागि उत्तिनै हानिकारक छ ।
कम मात्रामा मदिरा सेवन गर्दा उच्च रक्तचापको संभावना बढ्नेछ । यस अध्ययनमा करिब १७ हजार व्यक्ति सामेल थिए । उनीहरुलाई तीन वटा समूहमा विभाजन गरियो । पहिलो समुह, जो पटक्कै मदिरा सेवन गर्दैनथे । दोस्रो समुह, जो हप्तामा ७ देखि १३ पटकसम्म मदिरा सेवन गर्थे । तोस्रो समुह, जो हप्तामा १४ पटकभन्दा बढी समय मदिरा सेवन गर्थे ।
यसको नतिजा उदेगलाग्दो थियो । स्टडी अनुसार हप्तामा ७ देखि १३ पटक मदिरा पिउने व्यक्तिहरुमा अधिक तनावको खतरा ५३ प्रतिशत थियो । उनीहरुको उच्चा रक्तचाप पनि पाइएको थियो । त्यसैगरी जो व्यक्ति हप्तामा १४ पटकभन्दा बढी मदिरा सेवन गर्छन्, उनीहरुको स्वास्थ्य अरु खराब थियो । उनीहरुमा तनावको खतरा ६९ प्रतिशत पाइयो । साथै उनीहरु उच्च रक्तचापको पनि जोखिममा थिए ।
भनिहालौ, मदिरा र उच्च रक्तचाप आपसमा जोडिएका हुन्छन् । मदिरा एक हाई इनर्जी डि्रंक हो, यसमा क्यालोरी एकदम धेरै हुन्छ । यसले कजेलो र मस्तिष्कलाई एकदम खराब गर्छ । onlinekhabar
सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग