मन्त्रिपरिषदको बैठकले रोक्यो खानेपानीमन्त्री बिना मगरको विदेश भ्रमण

मन्त्रिपरिषदको बैठकले रोक्यो खानेपानीमन्त्री बिना मगरको विदेश भ्रमण

minister Bina_magar

काठमाडौं–मन्त्रिपरिषद बैठकले खानेपानी मन्त्री बिना मगरको विदेश भ्रमण अस्वीकृत गरेको छ । सोमबारदेखि शुक्रबारसम्म कोस्टारिकामा हुने भनिएको खानेपानीसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन मन्त्री मगर जाने तयारी भए पनि मन्त्रिपरिषद बैठकले उनको भ्रमण रोकेको नागरिक दैनिकमा खबर छ ।

मगरसँगै मन्त्रालयका सहसचिव तेजलाल भट्ट, खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास तथा मन्त्रालयका उपसचिव टोलराज उपाध्याय पनि कोस्टारिका भ्रमणमा जाने कार्यक्रम तय गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ