काठमाडौं – सोमबार राति ९ बजे । बाराको कलैया–१८ स्थित मारबालियाका २२ वर्षीय राजेन्द्र पटेल हुरीले ध्वस्त घरको भग्नावशेषनजिकै आगो ताप्दै थिए । भर्खरै मात्र उनी आफ्ना ५० वर्षीया आमा मनुरादेवी कुर्मीको दाहसंस्कार गरेर आएका हुन् । रीतअनुसार कपाल मुण्डन गरे, तर किरिया बस्ने ठाउँ नै पाएनन् । आइतबार साँझको हुरीले उनका दुवै घर ध्वस्त बनायो । घरले थिचेर आमाको घटनास्थलमै ज्यान गयो । उनीसँग अहिले ओत लगाउने ठाउँ छैन, त्यसैले आमाको किरिया कर्मलाई नै पछि सार्नुपर्यो ।
उनले भने, ‘हुरीले घर उडायो । छानोले थिचेर आमाको ज्यान गयो । दुवै घर ध्वस्त भए । आज दिनभर आमाको दाहसंस्कार गरियो । कपाल मुण्डन गरियो । किरिया बस्नुपथ्र्यो । घर छैन, कहाँ किरिया बस्ने ?’
मारबलियाका ६० वर्षीय बिर्जलाल चमारको ५० वर्षीया श्रीमती बढियादेवीको ज्यान पनि आइतबारको हुरीले लग्यो । सोमबार दिनभर बिर्जलालले श्रीमतीको दाहसंस्कार गरे । कपाल मुन्डन गरे । तर, घर हुरीले उडाएकाले उनले श्रीमतीको किरिया कर्म केही दिन पर सारेका छन् । सोमबार रातिको ९ः३० बजे ध्वस्त घरनजिकैको खाली ठाउँमा आगो ताप्दै गरेका उनले भने, ‘राति मच्छड आउँछ । झुल छैन । ओत लाग्न पाल छैन । खानलाई पानी छैन । यस्तो अवस्थामा श्रीमतीको किरिया गर्ने कुरो भएन ।’ यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही