काठमाडौं- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब रुपैयाँभन्दा बढी रकम मौज्दात छ । तर, सरकारले बारा र पर्सामा हावाहुरीबाट परिवार गुमाएका र बिचल्लीमा परेकाका लागि सोमबार सो रकम पठाउन सकेन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयबाट माग नभएकाले सो रकम नपठाएको जनाएको राजधानी दैनिकमा खबर छ ।
‘कोषमा २ अर्ब रुपैयाँभन्दा बढी रकम छ । गृह मन्त्रालयले माग गर्नासाथ रकम पठाउँछौं,’ प्रधानमन्त्री कार्यालयका लेखा शाखाका एक अधिकृतले भने । प्रधानमन्त्री राहत कोषमा रहेको सो रकम प्रधानमन्त्री कार्यालयले आफैं खर्च गर्न पाउँदैन । गृह मन्त्रालयमार्फत सो रकम दैवी प्रकोप क्षेत्रमा पठाउनुपर्ने कानुनी प्रावधान छ ।
गृह मन्त्रालयले भने बारा र पर्सामा आएको विनाशकारी आँधीबेहरीपीडितलाई जिल्ला प्रशासन कार्यालयमार्फत राहत वितरण गरिने जनाएको छ । आर्थिक रूपमा राहत नदिइए पनि प्रभावित क्षेत्रमा ४ सय ६८ त्रिपाल पठाइएको छ । गृह मन्त्रालय मातहतको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका अनुसार केन्द्रबाट त्रिपालसँगै ४ हजार १ सय ३८ थान लत्ताकपडासमेत पठाइएको छ । त्यस्तै, आवश्यक खाद्यान्न व्यवस्था भने स्थानीय प्रशासन तथा प्रदेश सरकारले गरिरहेको छ ।
मन्त्रालयका अनुसार पीडितलाई मन्त्रालय मातहतको गृहमन्त्रीको अध्यक्षतामा रहने केन्द्रीय विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाअन्तर्गत रहेर राहत वितरण गरिनेछ । विनाशकारी आँधीबेहरीको त्यो रात शीर्षकको समाचारमा साँझको करिब साढे ७ बजेको हुँदो हो, आकाश धुम्म थियो । अनिष्टको संकेत देखिँदै थियो । नभन्दै गाउँ नै विनाश गर्ने गरी हुरी आयो र धेरैलाई लग्यो । फेटा गाउँपालिकाको पुरैनियाका तुफानी आलम घरीघरी आइतबार साँझको घटना सम्झिन्छन् ।
‘हावा अर्कै प्रकारले चलेको थियो, हेलिकोप्टर आएजस्तै आवाज आएको थियो । पानी र असिना पनि परेको थियो । बाहिर निस्कन सकिने अवस्था थिएन । तर, असिनासँगै तेज गतिमा हावा चल्यो र बाहिर हेर्दा खरियानमा आगो बलेको जस्तो देखिन्थ्यो,’ आइतबारको कालो रात सम्झँदै उनले भने । तुफानी आलमको पक्की घर छ । पक्की भएकाले नै हावाहुरीले उनको घर हल्लाउन सकेन । तर, छत भने सबै खस्यो । मानवीय क्षति हुन पाएन ।
हावाहुरीले सोही गाउँकी रूपा देवीको ज्यान गयो । आँधीले उनको घरलाई एक डल्लो बनाइदियो । उनले तीन सन्तानलाई खटिया (खाट) मुनि लुकाएर नयाँ जीवन दिइन् । तर, उनलाई आफ्नै घरको दलिनले थिच्यो । एक वर्षीय छोरा सञ्जीत, आठ वर्षीया छोरी ८ निशा देवी र तीन वर्षीया छोरी कुमारी देवीलाई छाडेर उनी परलोक गइन् ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरा महानगरका कर्मचारी गिरी २५ हजार घुससहित पक्राउ
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ
नेविसंघको वर्चस्व रहेको धवलागिरी क्याम्पसमा गठबन्धनबाट अनेरास्ववियुकी शेख विजयी
पोखराको छोरेपाटनबाट लागू औषधसहित ३ जना पक्राउ