काठमाडौं – पाकिस्तानमा महिलामाथिको अमानवीय व्यवहारको लज्जाजनक घटना सार्वजनिक भएको छ । लाहौरकी असमा अजीजले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर आफ्नो पीडादायी कथा सुनाएकी छन् । आसमाका अनुसार, उनका पति मियाँ फैसलले साथीहरूका अगाडि उनलाई नाच्न लगाए अनि अस्वीकार गर्दा उनको टाउको मुडुलो बनाएर उनलाई लुगा खोल्न लगाएर फलामको छडले बेस्सरी पिटे ।
भोलिपल्ट उनी भागेर प्रहरीकहाँ पुगिन् तर प्रहरीले रिपोर्ट लेख्नका लागि उनीसँग पैसा माग्यो । पछि असमाको भिडियो भाइरल भएपछि प्रहरीले फैसल र उनका साथीहरूलाई पक्राउ ग–यो । असमाको कपाल काट्नका लागि प्रयोग गरिएको ट्रिमर पनि प्रहरीले फैसलको घरबाट बरामद ग–यो । पाकिस्तानकी मानवअधिकार मन्त्री शिरीन माजरीले घटनामा कारवाहीको आदेश दिएकी छन् ।
जिओ टीभीका अनुसार, असमा र फैसलको बिहे चार वर्षअघि भएको थियो । उनीहरूका तीन सन्तान छन् । असमाको मातापिता बितिसकेका छन् । असमाको स्वास्थ्य जाँचमा उनीमाथि भएको कुटपिट पुष्टि भएको छ ।
एजेन्सी
This will close in 3 seconds
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
स्वास्थ्य क्षेत्र गण्डकी सरकारको प्राथमिकता : स्वास्थ्यमन्त्री पाठक
‘मानिया’ इनर्जी ड्रिंक पिउँदा तामाङ्गले जिते ३२ इन्चको एलइडी टिभी
पोखरा -१५ मा तीज गीत प्रतियोगिता, माछापुच्छ्रे चौतारी आमा समूह पहिलो
स्वास्थ्यमन्त्री पाठकको पहिलो निर्णय : नसर्ने रोगको स्क्रिनिङ गर्ने
गण्डकीका पाँच वटै यातायात कार्यालयमा हेल्प डेस्क राख्ने निर्णय
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग