प्रहरी शिविरमा आक्रमण, आठ जना प्रहरीको मृत्यु

प्रहरी शिविरमा आक्रमण, आठ जना प्रहरीको मृत्यु

death body

अफगानिस्तान– अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा रहेको एक प्रहरी शिविरमा गएराति भएको आक्रमणमा आठ जना प्रहरीको मृत्यु भएको छ । तालिबान लडाकू समूहले गरेको यस आक्रमणमा परी अन्य ६ जना घाइते भएको स्थानीय प्रहरी स्रोतले मङ्गलबार जनाएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।

अफगानिस्तानमा सन् २०१४ को अन्त्यबाट सुरक्षाको जिम्मा अफगान सुरक्षाबलले लिएपछि अफगान सुरक्षाकर्मीको मृत्यु हुनेक्रम बढेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ