गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काबुल । अफगानिस्तानमा एक महिनाभित्र आएको बाढीको कारण ४२ हजार भन्दा बढी व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय (ओचा) ले बुधबार जानकारी दिएको छ । अफगानिस्तानको छ ओटा प्रान्त फर्याब, बाल्ख, जावजान, उत्तरी प्रान्त हेरात र बादघिसको पश्चिमी क्षेत्रमा गत मार्च २७, २८ र २९ मा परेको भारी वर्षापछि बाढी आएको थियो ।
जारी रहको यस बाढीको कारण बाल्ख र हेरात प्रान्तमा मात्र करिब १७ हजार व्यक्ति प्रभावित भएका सरकारी कार्यलयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उत्तरी क्षेत्रमा यस वर्षको सबैभन्दा ठूलो बाढी आएको अफगान सरकारको विपत व्यवस्थापन निकायले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ । गएका केही हप्तामा मात्र करिब एक लाख ६३ हजार नागरिक बाढीबाट प्रभावित भएका छन् ।
यस वर्षको शुरुदेखि हालसम्म करिब ४२ हजार व्यक्ति विस्थापित भएको पनि जारी विज्ञप्तिमा जनाइएको छ । पछिल्लो बाढीको कारण करिब ८० व्यक्तिको मृत्यु हुनुको साथै २ सय भन्दा बढी व्यक्ति घाइते भएका छन् । एजेन्सी
सम्बन्धित खबर
रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै विदेश भ्रमण नजान प्रधानमन्त्रीको निर्देशन
पोखरा-१५ मा विविध कार्यक्रमको आयोजना गरी धान दिवस मनाइयो
र्यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’
पर्वत फलेवास–अर्मादी सडकखण्ड निर्माणमा ढिलासुस्ती
जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्यः प्रदेश प्रमुख भट्ट
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग