पोखरा । पोखराको मनिपाल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहिका कारण बिरामीको मृत्यु भएको आरोप लगाइएको छ । मंगलबार साँझ अस्पतालका स्वास्थ्यकर्मीले एउटा बिरामीलाई लगाउनु पर्ने सुई अर्कै बिरामीलाई लगाईदिएपछि बागलुङ जैमनी वडा नम्बर ८ का ७५ बर्षीय धनराज परियारको मृत्यु भएको आफन्तले बताएका छन्।
‘त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरुले सँगैको अर्काे बेडमा रहेकोअर्कै बिरामीको लागि ल्याएको सुई ल्याएर बुबालाई लगाएपछि उहाँको मृत्यु भएको हो’ – धनराजका छोरा केशव परियारले भने, ‘सुई लगाउनासाथ बुबा वाकवाकी लाग्यो भनेर निस्कनु भयो र दुई मिनेटमै उहाँको मृत्यु भयो ।’
अर्काको लागि ल्याएको सुई आफ्नो बुबालाई लगाई दिएपछि स्वास्थ्यकर्मीले जिब्रो टोक्दै बाहिर निस्केको कुरुवा बहिनी बिमलाले पनि देखेको उनले बताए । केशवका अनुसार टाउको दुख्ने तथा खोकि लाग्ने भएपछि धनराजलाई आइतबार मनिपाल ल्याईएको थियो । अस्पताल ल्याएपछि इमरजेन्सी कक्षमा लगिएको धनराजको इसिजी गरेपनि रिपोर्टमा केहि नदेखिएपछि स्वास्थ्यकर्मीले उनलाई ओपिडीमा पठाएका थिए ।
धनराजको मृत्युपछि आफन्तहरुले दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै शवको जिम्मा लिन मानेका छैनन् । अस्पताल प्रशासन र आफन्तबीच बुधबार वार्ता भएपनि निष्कर्ष बिनै टुङ्गिएको छ । अस्पतालको तर्फबाट वार्तामा बसेका डाक्टर फोन सम्पर्कमा आएका छैनन् ।
वार्ताको क्रममा अस्पताल प्रशासनका ब्यक्तिहरुले अर्काे सुई लगाउनु गल्ती भएको स्वीकार गरेपनि सुईकै कारण बिरामीको मृत्यु नभएको दाबी गरेको समाचार आजको ढोरपाटन दैनिकमा छापिएको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’