पेले अस्पताल भर्ना

पेले अस्पताल भर्ना

sp04-Pele_eQuYyD8rRF

ब्राजिलका फुटबल लिजेन्ड पेले पिसाबसम्बन्धि समस्याका कारण बुधबार पेरिसस्थित अस्पतालमा भर्ना भएका  छन् । ७८ वर्षीय पेलेको युरिनरी ट्रयाकमा इन्फेक्सन देखिएको उनको प्रवक्ताले जानकारी दिएका छन् । ‘पेले हाल अस्पतालमा रहेका छन् र उनले एन्टिबायोटिक लिइरहेका छन् । उनलाई दुई दिनभित्र डिस्चार्ज गरिने डाक्टरहरुले बताएका छन्,’ पेपिटो फोर्नोसले जानकारी दिए ।

पीएजसीका स्टार कायलिन एमबाप्पेसँग एक कार्यक्रममा सहभागी हुनका लागि पेले फ्रान्सको राजधानी पुगेका  थिए । पछिल्लो समय पेलेको स्वास्थ्यमा समस्या देखिएको छ । सन् २०१५ मा प्रोस्टेटमा समस्या देखिएपछि उनी ब्राजिलको एक अस्पतालमा भर्ना भएका थिए । त्यस्ते एक वर्षअघि पनि उनको मृगौलामा समस्या देखिएपछि डायलाइसिस गर्नु परेको थियो ।

‘द ब्लाक पर्ल’ भनेर चिनिने पेले फुटबलको इतिहासमा तीनवटा विश्व जित्ने एक मात्र खेलाडी हुन् ।पेलेले सन् १९६८, १९६२ र १९७० मा ब्राजिललाई विश्वकपको उपाधि दिलाएका थिए । सन् २००० मा उनी अर्जेन्टिनाका म्याराडोनासँगै फिफाद्वारा शताब्दी खेलाडी घोषित भएका थिए ।

फोटो : द नेशनल

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ