अमेरिकाको न्यूयोर्क शहरका १४ वर्षीय बालक ग्रिफिन स्पिकोस्कीले भिडियो गेम खेलेर नै एक वर्षमा २ लाख अमेरिकी डलर कमाएका छन् । सन् २०१८ मा उनले भिडियो गेम खेलेर नै २ करोड २२ लाख नेपाली रुपैयाँभन्दा बढी कमाइ गरेका हुन् । गिफ्रिन हरदिन ८ घण्टा भिडियो गेम फोर्टनाइट खेल्छन् । उनी आफ्नो भिडियो आफ्नै यूट्यूब च्यानल स्केप्टिकमा नियमित राख्छन् ।
उनको च्यानलमा विज्ञापनदाता र प्रायोजकको माध्यमबाट लगातार कमाइ हुने गरेको छ । ग्रिफिनको च्यानललाई १२ लाखले सब्स्क्राइब गरेका छन् । उनको भिडियोलाई ७.१ करोड भ्यू मिलिसकेको छ । उनका अभिभावकका अनुसार, गिफ्रिनको ध्यान भिडियो गेममा नै हुने गर्दछ ।
रिपोर्टहरुका अनुसार, ग्रिफिनको कमाइ देखेर उनका अभिभावकले आर्थिक सल्लाहकार र लेखापाल पनि राखेका छन् । पछिल्लो वर्ष उनले चिनिएका र चर्चित फोर्टनाइट गेमका खेलाडीलाई हराएपछि उनी चर्चामा आएका थिए । उनको त्यो भिडियोलाई यूट्युबमा ७५ लाख बढीले हेरेका थिए, जसबाट ग्रिफिनले सय डलरको पहिलो कमाइ गरेका थिए ।
एक अन्तर्वार्तामा ग्रिफिनका अभिभावकले आफ्नो छोराको गेमप्रतिको लगावलाई देखेर उच्च माध्यमिक विद्यालयबाट निकालेको बताएका थिए । ग्रिफिन अहिले अनलाइनको माध्यमबाट पढाइ गरिरहेका छन् । अभिभावकका अनुसार, ग्रिफिनले ३ वर्षको उमेरदेखि नै भिडियो गेम खेल्न शुरु गरेका थिए । उनका आफन्तहरु गेममा कुनै भविष्य नभएको बताउने गर्दथे । तर अहिले ग्रिफिनला
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
शान्ति निकेतनले १५ करोड लागतमा अत्याधुनिक सुविधायुक्त भवन बनाउँदै
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य