छत्तिसगढ । भारतीय माओवादी विद्रोहीहरुले थापेको विद्युतीय धरापमा परी छत्तिसगढमा कम्तीमा चार सैनिकको मृत्यु भएको छ । आम निर्वाचन अन्तर्गत मतदानको दिन आउन झण्डै एक हप्ता बाँकी रहँदा माओवादीले थापेको धरापमा परी गस्तीमा रहेका सैनिकहरु मारिएका हुन् ।
छत्तिसगढ प्रदेशको कान्केर जिल्लामा पैदल गस्तीमा रहेका बेला उनीहरुमाथि आक्रमण भएको अधिकारीहरुले जनाएका छन् । आक्रमणमा परी अरु ६ जना घाइते भएका छन् । घटना भएको ठाउँ निकै दुर्गम भएकाले थप विवरणहरु आउन बाँकी रहेको प्रदेश प्रहरी प्रमुख डि एम अवस्थीले बताए ।
भारतमा सरकारी सुरक्षाकर्मी र माओवादी विद्रोहीहरुबीच दशकौंदेखि द्वन्द्व भइरहेको छ । यही द्वन्द्वबीच भारतमा यही अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा देशभरी आम निर्वाचन हुन लागेको छ । माओवादी विद्रोहीहरुले अहिले हुन लागेको निर्वाचन बहिस्कार गर्न आह्वान गरेका छन् । उनीहरुले मतदानका दिन थप हिंसा भड्किन सक्ने चेतावनी समेत दिएका छन् ।
सम्बन्धित खबर
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो