आमाले PUBG नखेल भनेर गाली गर्दा छोराले गरे आत्महत्या

आमाले PUBG नखेल भनेर गाली गर्दा छोराले गरे आत्महत्या

pub g

भारतको दक्षिणी क्षेत्रमा एक किशोरले पबजी खेलका कारण आत्महत्या गरेका छन् । पबजीकाे लत लागेका ती किशोरलाई पबजी नखेल्न भन्दै उनकी आमाले गाली गरेकी थिइन् । आमाको गालीपछि ती किशोरले आत्महत्या गरेको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । किशोरको आत्महत्यासँगै पबजी खेललाई प्रतिबन्ध लगाउनेबारे राष्ट्रिय बहस चलेको छ ।

१६ वर्षीय किशाेर कालाकुरी शाम्बाशिवका बाबुले प्लेयर अननोन्स ब्याटल ग्राउण्ड्स (पबजी) प्रतिबन्ध लगाउन माग गरेका छन् ।  भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मृतक किशोरले अङ्ग्रेजी परीक्षाको तयारी गर्न छोडेर पबजी खेलेर समय बर्बाद गरिरहेका थिए र उनकी आमाले गाली गरेकी थिइन् । आमाले गाली गरेपछि ती किशोरले हैदराबादमा रहेकाे आफ्नै घरमा रहेको ‘सिलिङ फ्यान’मा झुण्डेर आत्महत्या गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ