काठमाडौं ।पछिल्लो समय अत्यन्तै चर्चामा आएको मोबाइल गेम पब्जीका कारण विदेशमा किशोरकिशोरीले आत्महत्या गरेको समाचारहरु आईरहेका छन । छिमेकी मुलुक भारतको गुजरातमै यो गेममाथि प्रतिबन्ध लागिसकेको छ भने अन्य विभिन्न शहरमा पनि प्रतिबन्ध लगाउने पर्ने माग उठ्न थालेको छ । भारतकै मध्यप्रदेशका एक युवकले पब्जी खेल्ने क्रममा पानी भनेर एसिड पिएपछि उनको उपचारकै क्रममा मृत्यु भयो । उपचारका लागि अस्पताको वेडमा हुँदासम्म उनले पब्जी खेल्न छाडेनन् । पब्जीको लत अहिले नेपालका किशोरकिशोरीहरुमा पनि उत्तिकै रुपमा चर्किएको छ ।
यहाँ कुनै अप्रिय घटना त भएको छैन तर, यही अवस्था रहिरहेका आफ्ना सन्तानको भविष्य अन्धकार हुने बताउँदै अभिभावकले प्रहरी गुहार्न थालेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका अनुसार पछिल्लो समय विभिन्न विद्यालयका प्रिन्सिपल र अभिभावकहरुले प्रहरीलाई यो गेममाथि नियन्त्रण लगाउन आग्रह गर्न थालेका छन् ।
प्रहरीका अनुसार शिक्षक तथा अभिभावकहरुले प्याब्सनमा कुरा उठाएर संस्थागत रुपमै निवेदन दिने भएका छन् । यो गेमका कारण पढाइ प्रभावित भएको अभिभावकहरुको गुनासो छ । पब्जी खेल्ने व्यक्तिहरु अर्कै दुनियाँमा पुगेका हुन्छन् । त्यसैले उनीहरुलाई आफू कस्तो छु भन्ने होस पनि हुँदैन । उनीहरु अनलाइनमार्फत समूह यो खेल खेल्छन् । खेलकै क्रममा उनीहरुले साथीहरुसँग कुराकानी पनि गर्नसक्छन् । र, उनीहरुको मद्दत पनि लिन सक्छन् । सम्बन्धित समाचार :-
http://gandaknews.com/pabg-game-mirtu/
सम्बन्धित खबर
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
पोखरा-१५ मा चार दिने आधारभूत प्राथमिक उपचार तालिम सुरू
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका ४ जनाको सकुशल उद्धार