गैंडाको शिकार गर्न गएका शिकारी सिंहको आहारा बने

गैंडाको शिकार गर्न गएका शिकारी सिंहको आहारा बने

lion

दक्षिण अफ्रिका– दक्षिण अफ्रिकाको जंगलमा अवैधरुपमा गैंडाको शिकार गर्न गएका एक जना शिकारी हात्तीको आक्रमणबाट मारिएका छन् । शिकार गर्नको लागि जंगल छिरेको बेला जंगली हात्तिले कुल्चेर उनको मृत्यु भएको जनाइएको छ । हात्तीको आक्रमणबाट मृत्यु भएका उनलाई सिंहले खाएको अवस्थामा शव फेला परेको जनाइएको छ ।

घटनाको दुई दिनपछि विहीबार मात्र उनको शरीको केही अवशेष र उनले लगाएको कपडामात्र फेला परेको थियो । मारिएका शिकारीका सहकर्मीले उनका परिवारलाई उनी हराएको जानकारी गराएका थिए । घटनाबारे थाहा पाएर गत मंगलबारबाट दक्षिण अफ्रिकाका बनपाले र केही सुरक्षाकर्मीले उनलाई खोज्ने अभियान शुरु गरेका थिए । खोजी गर्ने क्रममा उनको कपडा र शवको अवशेष फेला परेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ